सुवेदीको शब पुन पोष्टमार्टममा ढिलाई


काठमाडौ, पुस १९ – अनामनगरमा आत्महत्या गरेकी भनिएकी सरस्वती सुवेदीको शव पुन पोष्टमार्टम गर्ने काममा ढिलाइ भएको छ ।
सुवेदीको आत्महत्या नभई हत्या भएको हुनसक्ने भन्दै दोषीमाथि कारवाहीको माग चर्किएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शवको पुनः पोष्टमार्टम गर्न निर्देशन दिनुभएको थियो ।
तर प्रधानमन्त्रीको निर्देशनको चार दिन बितिसक्दा पनि पोष्टमार्टमको काम हुन सकेको छैन । यसअघि पोष्टमार्टम गरेका चिकित्सकले फेरि पोष्टमार्टम गर्न अस्वीकार गरेकाले काम रोकिएको श्रोतले बताएको छ । यसअघि शिक्षण अस्पतालमा ३ जना चिकित्सकको टोलीले सुवेदीको शवको पोष्टमार्टम गरेको थियो ।
महिला हिंसाका घटनामा भइरहेको कानुनी कारबाहीको प्रक्रियाबारे अनुगमन गर्न बनेको समितिका सदस्य रमेश ढकालले भने केही प्राविधिक कठिनाइका कारण सुवेदीको शवको पोष्टमार्टममा ढिलाई भएको बताउनुभयो ।
सकेसम्म यसअघि पोष्टमार्टम गरेका डाक्टर र अरु नयाँ चिकित्सक सहितको टोलीबाट पोष्टमार्टम गराउने र उनीहरुले स्वीकार नगरे अरु नै चिकित्सक÷विशेषज्ञबाट सुवेदीको शवको पोष्टमार्टम गर्ने तयारी भईरहेको ढकालले बताउनुभयो ।
सिंहदरबार र वालुवाटारमा आज पनि धर्ना  
हिंसा रोक्न र महिला हिंसामा संलग्नलाई कारवाहीको माग गर्दै अधिकारकर्मी तथा विभिन्न संघसंगठनले बिहीबार पनि धर्ना तथा प्रदर्शन लगायतका कार्यक्रम गर्दैछन् ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि ११ बजेसम्म धर्नाको कार्यक्रम भइरहेकोमा त्यसलाई निरन्तरता दिँदै बुधबारदेखि सिंहदरबारको दक्षिणी गेटमा पनि धर्ना शुरु गरिएको छ । बिहीबार पनि बिहान साढे ११ बजेदेखि साढे १२ बजे धर्ना हुने अधिकारकर्मीले बताएका छन् ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger