१९ पुस, काठमाडौं । चिरप्रतिद्धन्दी भारत र पाकिस्तानबीच दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।
कोलकोत्तामा मध्याह्न सवाँ १२ बजे हुने खेलमा भारत नियमित कप्तान महेन्द्र सिह धोनीको नेतृत्व मैदान उत्रनेछ भने पाकिस्तानको कप्तानीको जिम्मेवारी मिसवा उलहकले सम्हाल्नेछन् ।
भारतले आज रोहित शर्माको ठाउँमा अजिन्का रहानेलाई ल्याउन सक्ने संभावना छ भने पहिलो एक दिवसीयम चोटग्रस्त भएका विराट कोहली खेल्नेमा आशंका छ । पाकिस्तानले भने आज आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन ।
३ एक दिवसीय श्रृखलामा भ्रमणकारी टोली पाकिस्तान १–० ले अघि छ । चेन्नाइमा भएको पहिलो खेलमा पाकिस्तानले घरेलु टोली भारतमाथि ६ विकेटको जित निकालेको थियो ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
0 comments:
Post a Comment