
छ पटकसम्म पनि दलहरु सहमतीय सरकार गठन गर्न असफल भएपछि राष्ट्रपतिले गएको १५ गते ५ दिनको समयसीमा दिनुभएको थियो ।
तर दलहरुबीच भएका छलफलका आधारमा शुक्रबार पनि सहमति जुट्ने सम्भावना देखिएको छैन । समयसीमा थपिएपछि एकीकृत नेकपा माओवादीले निकासका लागि भन्दै स्वतन्त्र ब्यक्तिको नेतृत्वमा चुनाबी सरकार गठन गर्ने नयाँ प्रस्ताव ल्याएको छ । तर विपक्षीदलले त्यसलाई अस्विकार गरेका छन ।
सरकारको नेतृत्वका विषयमा दलहरुले फरक फरक धारणा राखेपछि राजनीतिक अन्यौल कायमै छ । यसैबीच शुक्रबार पनि मुख्य राजनीतिक दल छलफलमा जुट्ने भएका छन् । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा छलफलमा जुट्ने भएका छन् ।
~
source:- Ujyalo
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
0 comments:
Post a Comment