पूर्वरानी कोमलको छातीबाट गोलीको छर्रा निकाल्न असम्भव

 २० पुस, काठमाण्डौं । पूर्वरानी कोमल शाहको छातीमा रहेको गोलीको छर्रा निकाल्न नसकिने भएको छ भने तत्काल मुटुको अप्रेसन गर्न समेत असम्भव देखिएको छ ।
आफ्नी श्रीमतीको उपचारका लागि एक महिनाअघि परिवार र आफन्तसहित सिंगापुर पुग्नुभएका पूर्वराजा ‘ज्ञानेन्द्र शाहलाई सिंगापुरस्थित क्विन एलिजावेथ अस्पतालका चिकित्सकरुले कोमलको अप्रेसन गर्न र छर्रा निकाल्न नसकिने बताएको खबर नेपाल समाचारपत्रले छापेको  छ ।
सिंगापुरमा पूर्वराजा शाहले आफ्नो स्वास्थ्य परीक्षण पनि गराउनुभएको थियो । उहाँको स्वास्थ्यमा भने कुनै गडबडी देखिएको थिएन्  ।
पूर्वरानीको अप्रेसन गर्नुपर्ने भएकाले आइपर्न सक्ने अप्ठेरोलाई मध्यनजर गर्दै परिवारका सम्पूर्ण सदस्य लगेको भएपनि अप्रेसन गर्न नपर्ने भएपछि केही भने फर्किएको उहाँ निकट स्रोतले बताएको छ ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger