विहीवार मोरङको विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै कोइरालाले आफूहरुले गरिरहेको आन्दोलनले भट्टराई सरकार नढल्ने समेत वताउनुभयो । नेतृ कोइरालाले विपक्षी दल र सत्तारुढ दल दुबै सडकमा आउँदा मुठभेडको स्थिति आउने भएकाले सहमतिको विकल्प नरहेको वताउनुभयो । मुलुकलाई निकास दिन दलहरु मिल्नुको विकल्प नरहेको भन्दै उहाँले मुठभेड हुन नदिन दलहरुले सहमति र सहकार्यवाट अघि बढ्नुपर्ने धारणा राख्नु भयो ।
कोइरालाले सरकार पक्ष र विपक्षी दुबै भारतको दिल्लीमा भएको १२ बुँदे सम्झौता विपरित आन्दोलनमा उत्रिएको आरोप लगाउनुभयो । नेतृ कोइरालाले आन्दोलन भन्दा विपक्षी वर्तमान सरकारमै सहभागी भएर अघि बढे एमाओवादीलाई परास्त गर्न सकिने वताउनुभयो ।
0 comments:
Post a Comment