शंकरप्रसाद खनाल, काठमाडौं, माघ १३ । माओवादीले हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्र थापाले गाएको गीत ‘घुम कर्णाली फर्की यताको…’ म्यूजिक भिडियो आज ललितपुरमा सार्वजनिक गरिएको छ ।पाटनको यलमाया केन्द्रमा स्व.पत्रकार थापाको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । थापाले दैलेखी देउडा भाकामा गाएको गीतको म्यूजिक भिडियो उनी मारिनु भन्दा केही बर्ष अगाडि छायांकन गरिएको थियो । म्यूजिक भिडियोमा कर्णालीको किनारमा बसेर थापाले गाएका एउटा मात्र गीत छ ।म्यूजिक भिडियोको निर्माण तथा निर्देशन पत्रकार ध्रुव बस्नेतले गरेका हुन् । सोही अवसरमा पत्रकार थापाको जीवनीमा आधारित बृत्तचित्र ‘न्यायको लडाई’ पनि प्रदर्शन गरियो ।पत्रकार थापाको माओवादीले अपहरण गरेको ४५ दिनमा हत्या भएको, हत्यापछि नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगको पहलमा शव उत्खनन् गरेका घटनाक्रमहरु वृत्तचित्रमा समेटिएका छन् ।त्यसैगरी पत्रकार थापाकी पत्नी लक्ष्मीले न्याय पाउन गरेको अथक प्रयासलाई पनि वृत्तचित्रमा समेटिएका छन् ।वृत्तचित्रको निर्माण तथा निर्देशन नेपालगञ्जका पत्रकारद्वय जनक नेपाल र नन्द देवकोटाले गरेका हुन् ।

Posted by
Unknown
Posted on Thursday, January 31, 2013 |
1:35 AM
With No comments
Join Me On: Facebook | Twitter | Google Plus :: Thank you for visiting ! ::

0 comments:
Post a Comment