सिन्धुली, पुस १९ – सिन्धुली कारागारमा भएको झडपमा १ जना कैदीको ज्यान गएको छ । बुधबार राती कैदीबीच झडप हुँदा गम्भीर घाइते भएका कमलामाई नगरपालिकाका २७ वर्षिय निरज देवकोटाको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो ।
कारागारका नाइके समेत रहेका देवकोटाले अरु कैदीलाई कुटपिट गरेपछि बुधबार राती कैदी मिलेर उनलाई कुटपिट गरि गम्भिर घाइते बनाएका थिए । देवकोटा ज्यान मार्ने उद्योग गरेको अभियोगमा २ बर्षदेखि सिन्धुली कारागारमा थिए ।
यसैवीच नेपाली काँग्रेस सिन्धुलीले आफ्ना कार्यकर्ता रहेका देवकोटाको हत्या गरिएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
0 comments:
Post a Comment