जनताको मुक्तीकोलक्ष्य अध्ययन गर्दा
यमवकुमार खाती
--------------
जिवनको विकाश हुदै जानेव्रmममा मानिसहरु बर्ग बिहिन आदिम साम्यबाद समाजमा अबतरण भएको हो । आदिम साम्यवादीयुगमा मानिसहरु कसरी समाज विकासमा चलायमान् भए जतीखेर मानवसमाजमा अहिलेको अवस्थाको कल्पना सम्म भएको थिएनन् ।
मानिसमा मानवीय चेतनाको विकास भएदेखिनै सामाजिक प्राणिको रुपमा विकास भएको वैज्ञानिकहरुले प्रमाणित गरिदिएका छन् । समाजको उत्पत्ति र विकास निश्चित प्रकारका वस्तुगत नियम अनुुसार भएको हो । जुन नियम स्वतन्त्र छ । जिवन वस्तुगत नियमको आधारमा विकास भइरहेको हुन्छ भने सामाजिक संस्थाहरुको निर्माण,समाजको जिवन विकासले निर्धारण गर्दछ । युग बित्दँैजादा मानव समाजमा वर्गिय समाजको विकास भएको हो । उच, निच, वर्ग, जाती र धर्मको बिस्तारै बिस्तारै क्षेत्राधिकार भित्र परेको हो ।
सुरुका अवस्थामा मानिस समुहमा रहँदै क्रियाशिल भएको र विकासको क्रममा समुह समुहमा अधिकारका निम्ती विभाजित भएको पाइन्छ । एउटा क्षेत्रभित्र रहेको मानिसको समुह अर्को क्षेत्रमा बस्ने समुह सँग आ – आप्mनो सिमाना को कारण अधिकार लिनका निमित्त आहार खोजेर खानाकोलागी र आ – आप्mनो क्षेत्र बनाउनका निमित्त लड्दै र भिड्दै आउने व्रmममा वर्गिय समाजमा रुपान्तरित भइ राज्य निर्माण भएको हो । एउटा क्षेत्रमा बसोबास गर्ने मानिसहरुले अर्काको क्षेत्रमा आव्रmमण गर्ने, आफ्नो क्षेत्रको सिमाना बडाउँदै राज्य स्थापना गर्दै जाँदा जस्ले सानो समुहलाई हराई सिमाना मिच्दै बडाउँदै आउने व्रmममा कतिपय ठुलाराज्य निर्माण गरेका हुन् ।
जिवन के हो रु जगत के हो रु धर्म के हो रु जात लिङ्ग के हो रु त्यस समयमा समुहहरुमा विभाजित मनस्थिती र आफ्नो गु्रपमा भावनात्मक सम्बन्धमात्र हुने जङ्गली युग नै थियो । खाने चिज नपाएर समाज आव्रmान्त थियो,अहिलेको जस्तो मनले रोजेको चिजबिज परिकार बनाएर खानेवस्तु कँहा पाउने, सिमानाको सुरक्षा गर्नु समुहको दैनिकी क्रियाकलाप हुन्थ्यो । चेतनशिल मानव जातीको विकास हुने व्रmममा वर्ग बिहिन आदिम साम्यबादी युगबाट वर्गिय समाजमा रुपान्तरित संव्रmमण कालमा मानिसमा चेतनाको सामाजिक विकास अत्याधिक मात्रामा भएको थियो ।
समाजको उन्नती र प्रगतीमा क्रियाशिल हँुदै, व्रmमिक रुपले संगठित रहँदै, मानवजातीहरुले उच्च स्तरको प्रगती गर्दै आएका हुन । आफ्ना बच्चाहरुको सुरक्षा गर्ने,आफ्नो रक्षाका निमित्त हतियार निर्माण गर्ने, अन्यत्र बाट आप्mनो ठाउँमा आउने समुहहरु सँग युद्व गर्ने, दैनिक गरिने मानव समाजको काम हुने गर्दथ्यो ।
खानाको व्यवस्थापन गर्न, आफ्नो क्षेत्रको सुरक्षा गर्न सधै चनाखो भैरहनु पर्ने, जँगली अवस्थाबाट अगी बढ्दै वर्गीय समाजको विकास हुने क्रममा विविधतामा जटिलतायुक्त हुनथाल्यो, जस्ले गर्दा समुहको आफ्नो ठाउँमा रही काम गर्ने अवस्थामा, एउटा कामको जिम्मेवारी लिएर कामको बाँडफाँड गर्ने, जिम्मेवारीको पालना गर्न लगाउनेले आदेश दिने, प्रवृmयाको विकासबाट अगि बड्दै जाँदा दास र मालिक हरु को जन्म भएको हो । त्यसै प्रवृmयाको चलन अनुसार मालिकले दास लाई आप्mनो उदेश्य पुर्ती गर्नका निमित्त जेसुकै गर्न, गराउन सक्ने व्यवस्था चलाईयो ।
युगबित्दै जाँदा कामगर्ने मानिसहरु काम लगाउने सामन्त विरुद्व यकाकार हुदै सँगठित भएर अगिबढ्न सुरु भयो । यसरी समुह, समुदाय, टोल, गाँउ, परिवार मिल्दै आउने व्रmममा सामन्तहरुले सैनिक सँगठन निर्माण गरी राजकाज सञ्चालन गर्दै शासकहरुले अरुको राज्य माथी आव्रmमण गर्ने र कमजोर सैन्य सङ्गठन भएका राज्यलाई हराउँदै बलियो जनआधार र सैन्य सँगठन भएका शासक हरुले आफ्नो राज्य विस्तार गर्दथे ।
सामन्ती युग आप्mनै गतीमा अगीबढ्दै साँम्राज्यवादमा परिणत भयो, त्यसका विरुद्वमा सर्वहारा श्रमजिबी जनताले, आप्mनो अधिकारका निमित्त एक भएर लडाइँ लड्दै जाँदा प्रतिद्धन्दीको रुपमा पुँजीवादको युग सुरुभयो ।
सामन्तवादी युगको समाप्ती र पुँजीवादी युगको सँक्रमणकालमा, हरेक राज्य मा धेरैभन्दा धेरै पार्टीहरुको उदय हुने अवस्थामा, विभिन्न समुहमा रहेका कामदार,मजदुर, किसान काम नगरी खान नपाउने वर्गहरु सँगठित भएर त्यही सङ्गठित शक्तिले सामन्तवादी सँगठन समाप्त गर,े पँुजीवादले आप्mनो जनता र राष्ट्रको हितमा नेतृत्वमा रहिरहने गरी शासन सञ्चालन गर्ने सासकहरुको सोच अहिलेको अवस्थामा आई पुग्दा पनी परिवर्तन भएको छैन ।
जनता र राष्ट्रको निमित्त बनाईएको भनिएको पँुजिवादी र साँम्राज्यवादी समर्थकहरुको सोच आप्mनै पार्टीमा पनी कही ,कतै, कुनै ठाउँमा लागु भएको छैन । यो अवस्था हामीले देखीरहेका र भोगीरहेको छौ ।
वर्गिय समाजको सुरुको अवस्था देखी अहिलेसम्मको अवस्थालाई अध्ययन गर्दा, राजनितिक पार्टीका विचार चिरफार गरेर निचोड निकाल्ने अवस्थामा हामी पुग्नु पर्दछ । किनकी सत्तामा जाने लक्ष्य नभएको राजनितीक पार्टीनै हुँदैन र हुनै सक्दैन, हाम्रो अध्ययन विश्लेषण र अनुभवको मान्यता हो ।
संसारको इतिहासलाई केलाउने हो भने, पुँजीवाद का्े जन्म र पार्टीहरुको उदय सँग सगै राजनितीक पार्टीहरुको सक्रियता १७८९ को फ्रान्शेली व्रmान्ती हुनुमा सामन्ती शत्ताको उन्मुलनको सुरु र पँुजीवादी व्यवस्थाको उदयको रुपमा मान्न सकिन्छ ।
त्यसपछीका दिनमा श्रमजिबी वर्गलाई पँुजिवादीहरुले विरोधीका रुपमा देख्न र हेर्न थाले, सत्ता विरोधी, देशद्रोही, जन विरोधी, राष्ट्र विखण्डनकारीको आरोप लगाउन सामन्त वर्गले सुरुगरे, राज्य सञ्चालकहरुले मजदुर वर्गलाई दमन गर्ने, घृणाको रुपमा हेर्ने, काम गरीखाने वर्गमा फुट ल्याउने, झुट्टा मुद्दा लगाई दुख, कष्ट दिने शासक वर्गको दिनचर्या हुन थाल्या,े जनताको शोसण र थिचो मिचो हँुदै गएपछी, सर्वहारा, श्रमजिबी, गरिब, उत्पिडित वर्ग सँगठित भई, जनताको मुक्तीको लक्ष्य निर्धाणगरी, पहिलो चोटीे यो संसारमा कम्युनको नाम बाट सन १८४७ मा कार्लमाक्स र फेडरिक याँगेल्स ले आप्mना विचारहरु बाहिर ल्याउनुभयो ।
१८४८ फ्रेरवारी मा विश्व कम्युनिस्ट घोषणपत्रको वैचारिक हतियारले पुँजिवादलाई हिर्काउन थालियो, जस्लेगर्दा पुँजीवादबाट यो संसारमा साँम्राज्यवादमा सँव्रmमण भयो, श्रमजिबी जनता आन्दोलित भए, जस्को कार्यव्रmम र व्रmान्ती अथवा आन्दोलनबाट, सोभियतसँघ, चिन, कोरिया, भियतनाम, युगोष्लाभिया, क्युबा, लगायत एक तिहार्इृ भुभागमा माक्सवादी अनुयायीहरुले राज्य सञ्चालन गर्न सुरुगरे भने, अहिले कतिपय देशहरुमा माक्सवादीहरुले नँया ढंगले नँया सोच नँया राज्य सञ्चालन गर्ने तरिकाले विश्वका कयौँ देशहरुमा कम्युनिस्ट व्यवस्था स्थापना भएको र अजै हँुदै गईरहेको छ ।
sachetan_bidur@yahoo.com
यो लेख हामीलाई लेखक ले फेसबुक पेज मार्फत प्रेषित गर्नुभएको हो !
डाउनलोड गर्नुहोस

0 comments:
Post a Comment