गोविन्द केसी, दैलेख, पुस २९ - पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य ४ अभियुक्त बसेको ठाउँ प्रहरीले थाहा पाए पनि दबाबका कारण उनीहरु पक्राउ परेका छैनन्। दैलेखबाहिर बसिरहेका अभियुक्तबारे सम्बन्धित जिल्लामा परिपत्र गरिसकेको स्थानीय प्रहरी अधिकारीले बताएका छन्।
डाउनलोड गर्नुहोस
‘दबाबकै कारणले उनीहरु पक्राउ नपरेका हुन्,' स्रोतले भन्यो। दैलेख प्रहरीले भने यसअघि नै ५ जनालाई पक्राउ गरी मुद्दा अगाडि बढाइरहेको छ। स्रोतका अनुसार बाँकी ४ अभियुक्त नेपालगन्ज, बर्दिया, काठमाडौं र भारतको दिल्लीमा छन्। त्यहाँका प्रहरी प्रमुखहरुले सक्रियता नदेखाएकै कारण उनीहरु पक्राउ नपरेका हुन्।
पक्राउ परेका अभियुक्तहरुका अनुसार बमबहादुर खड्का ‘अरुण', केशव खड्का बमबहादुर खड्का ‘मुक्ति', भक्तिराम लामिछाने डेकेन्द्रको हत्यामा प्रत्यक्ष संलग्न थिए। उनीहरुलाई प्रहरीले अहिलेसम्म समातेको छैन। अरुणले खानेपानी आयोजनाको विषयमा बैठक गर्नु छ भनेर पत्रकार थापालाई चिठी पठाई डाकेका थिए।
अरुण अहिले बर्दिया बगनाह गाविसको औरी गाउँमा व्यवसाय गर्छन्। अर्का अभियुक्त कट्टीका ‘मुक्ति' हत्याका बेला मिलिसिया कमान्डर थिए। उनी अहिले एमाओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा काम गरिरहेको स्रोत बताउँछ। ‘माओवादी संरक्षणका कारण प्रहरीले पक्रने हिम्मत गरेको छैन्,' स्रोतले भन्यो।
छिउँडीपुसाकोटका केशव खड्का घटना चर्केको खबर पाएपछि भारतको नयाँ दिल्ली पुगेर नोयडास्थित एक होटलमा काम गरिरहेको त्यहाँ गएकाहरुले नाम नछाप्ने सर्तमा जानकारी दिएका छन्। हत्यामा संलग्न भनिएका द्वारी गाविसका भक्तिराम लामिछानेमगर पनि बाँकेको कोहलपुरमा बस्दै आएका छन्। चारैजनालाई पक्रन दैलेख प्रहरीले एक हप्ताअघि नै पत्र पठाइसकेको थियो।
पक्राउ परेका ५ जनालाई छोड्न राजनीतिक दबाब आइरहे पनि नागरिक समाज त्यसविरुद्ध उभिएपछि प्रहरीले उनीहरुको बयान लिइरहेको छ। पक्राउ परेकाहरुमा लक्षिराम घर्तीमगर, नीरकबहादुर घर्तीमगर, वीरबहादुर केसीको शुक्रबारसम्म बयान लिइसकिएको छ भने जयबहादुर शाही र हरिलाल बयानका क्रममा छन्। गएको २० गते लक्षिराम र त्यसको भोलिपल्ट अरु पक्राउ परेका थिए। २०६१ साउन २७ गते थापाको हत्या भएको थियो।
अन्य अभियुक्तहरुलाई पक्राउ नगर्न दबाब आएकाले प्रहरीले समात्न नसकेको नागरिक समाजका अगुवाले पनि आरोप अगाउँदै आएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शारदाप्रसाद चौधरीले मुद्दा अगाडि बढिसकेकाले बाँकी अभियुक्तलाई समेत छिट्टै प्रहरीले समात्ने बताए।
‘बयानका आधारमा डेकेन्द्र हत्यामा ९ जना संलग्नता रहेको खुल्न आएको छ।' जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत विनोद शर्माले भने, ‘अरु अभियुक्त बसेको जिल्लाका प्रहरीहरुलाई हामीले पत्राचार गरिसकेका छौं।'
‘बयानका आधारमा डेकेन्द्र हत्यामा ९ जना संलग्नता रहेको खुल्न आएको छ।' जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत विनोद शर्माले भने, ‘अरु अभियुक्त बसेको जिल्लाका प्रहरीहरुलाई हामीले पत्राचार गरिसकेका छौं।'
अदालतले दिएको ७ दिनको म्यादभित्र ५ जनाकै बयान लिएर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा हाल्ने तयारी भएको गरेको छ। वकिल कार्यालयले २५ दिनभित्र मुद्दा अदालतमा पठाइसक्नुपर्छ। अनुसन्धानका लागि अदालतले उनीहरुलाई थुन्न दिएको ७ दिने म्या आउँदो बुधबार सकिँदैछ। नेपाली कांग्रेस दैलेखका सचिव भूपेन्द्र शाहीले थापाको हत्याका मुख्य अभियुक्तहरु खुलेआम माओवादी संरक्षणमा हिँड्नुले कानुनी राज्यको खिल्ली उडाएको बताए।
प्रधानमन्त्री र महान्यायधिवक्ताको पुत्ला दहन
प्रदर्शनकारीले डेकेन्द्र थापाको हत्याका अभियुक्तलाई कारबाही नगर्न दबाब दिएका प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायधिवक्ता मुक्ति प्रधानको शनिबार पुत्ला दहन गरेका छन्। अनुसन्धानका लागि पक्राउ परेका अभियुक्तलाई कानुनी दायरामा नल्याउन महान्यायधिवक्ता प्रधानले जिल्ला प्रहरी र सरकारी वकिल कार्यालयलाई पत्र पठाएपछि त्यसविरुद्ध प्रदर्शनकारीले पुत्ला दहन गरेका हुन्। सरकारी वकिल डम्बर काफ्ले सुर्खेत गएकाले पत्र बुझिसकेका छैनन्। आइतबार उनी नआए बयान रोकिने छ।
प्रदर्शनकारीले डेकेन्द्र थापाको हत्याका अभियुक्तलाई कारबाही नगर्न दबाब दिएका प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायधिवक्ता मुक्ति प्रधानको शनिबार पुत्ला दहन गरेका छन्। अनुसन्धानका लागि पक्राउ परेका अभियुक्तलाई कानुनी दायरामा नल्याउन महान्यायधिवक्ता प्रधानले जिल्ला प्रहरी र सरकारी वकिल कार्यालयलाई पत्र पठाएपछि त्यसविरुद्ध प्रदर्शनकारीले पुत्ला दहन गरेका हुन्। सरकारी वकिल डम्बर काफ्ले सुर्खेत गएकाले पत्र बुझिसकेका छैनन्। आइतबार उनी नआए बयान रोकिने छ।
कांग्रेस, एमाले, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, राप्रपा नेपाल लगायत दलसम्वद्ध नेताहरुले शनिबार आयोजना गरिएको अन्तत्र्रिmयामा निपष्क्ष रुपमा बयान र अनुसन्धन गर्न नदिइए परिणम थेक्ने नसक्ने हुने चेतावनी दिएका छन्।
यसैबीच जवाफदेहिता निगरानी केन्द्र काठमाडौंको टोलीले शनिबार सरोकारवालासँग भेट गरेको छ। टोलीमा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, पत्रकारहरु नारायण वाग्ले, कुन्दन अर्याल र कनकमणि दीक्षित तथा इन्सेक क्षेत्रीय संयोजक भोला महत छन्।
शनिबार साँझ नेपाल पत्रकार महासंघको एक टोली दैलेख आएको छ। अध्यक्ष शिव गाउँलेको संयोजकमा पोषण केसी, मध्यपश्चिम सूर्यमणि गौतम र दामोदर तिमेल्सिना यहाँ आएका हुन्। उनीहरुले अनुसन्धान प्रक्रिया र पत्रकारहरुको सुरक्षाबारे बुझ्नेछन्।
डाउनलोड गर्नुहोस
0 comments:
Post a Comment