आजको पञ्चाङ्ग र राशीफल-२०६९ साल माघ ०३ गते बुधबार

आज विक्रमसंवत् २०६९ साल माघ ०३ गते बुधबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ जनवरी १६, नेपाल संवत् ११३३, पौष शुक्लपक्ष (पोहेलाथ्व), पञ्चमी तिथि, पूर्यभाद्रा नक्षत्र, वरीयान् योग, बालब र कौलव करण, कुम्भ राशीको चन्द्रमा,


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राम्रो समय आएको छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ला । विशेष कामप्रति रुचि जागृत हुनेछ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । शत्रुहरु पराजित हुनेछन् । सानोतिनो यात्रा हुने सङ्केत छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
असल समय छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ । कामको दायित्व थपिने छ धैर्य गर्नुहोस् । परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ । धार्मिक कार्यको लागि तपार्इं स्वयं लाग्नु पर्नेछ । आम्दानीमा कमी आउने छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज कालो गाइलाई खानेकुरा प्रदान गर्नुभयो भने चिताउँदै नचिताएको कुनै एउटा महत्वपूर्ण कार्य सिद्धि हुने छ । अनि आज विपरीतलिंगीसँग विनम्र भावले व्यवहार गर्दा धेरै फाइदा हुने योग छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । शुभ कुराको संकेत मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिकूल समय चल्दैछ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । पेट र नसा सम्बन्धी रोग देखिन सक्छ । आँखाको समस्या पनि आउन सक्छ । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । यात्राको योजना छ भने स्थगित गर्नु बेस हुन्छ । समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नोकरी, पशुपालन र कृषिव्यवसायमा संलग्न व्यक्तिका लागि आजको दिन अनुकूल हुनेछ । अध्ययनअध्यापन कार्यमा बाधा उत्पन्न हुनेछ । व्यापारबाट सामान्य लाभ नै हुनेछ तर मध्याह्नपछि मन्दी छाउनेछ । भोगविलासमा मन जानेछ । सृजनात्मक सफलता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दुःख र झमेला व्यहोर्नु परे पनि आज आम्दानीको बाटो राम्रो छ । परदेशीहरुले त बेलुकी दिनभरि कमाएको खानपान र मनोरञ्जनमा सिध्याउन बेर लाउँदैनन् । परिवारमा रमाइलो जमघट र नौलो मान्छेको आगमन हुने सङ्केत छ । प्रेम सम्बन्धमा भने तिक्तता आउने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज चिन्तन र अध्ययनका लागि त्यत्ति राम्रो दिन छैन । व्यापार व्यवसायमा भने ठिकठिकै छ । अनावश्यक गफगाफमा दिन बिताउनु पर्नेछ । तर्क र विवादमा पछि सर्नु नै राम्रो हुनेछ । बिहानको समयभन्दा साँझको समय बढी निराशाजनक रहने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरैमा बस्नेले पारिवारिक सुख प्राप्त गर्नुका साथै छोटो दूरीको रमाइलो यात्रा पनि गर्ने सम्भावना छ । व्यवसायिक क्षेत्रबाट फाइदा हुने योग छ । काम गर्दागर्दै अचानक निराशाको अनुभूति हुनेछ । अचानक रिस पनि उठ्नसक्छ, संयमता अपनाउनु बेस हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय मध्यम खालको छ । राम्रो नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । आजको थोरै प्रयासले विदेश र उपलब्धिमूलक यात्रा हुन सक्छ । व्यापारी र कर्मचारीका लागि आजको दिन सन्तोषजनक रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन सामान्यतया ठिकैको दिन मान्दा हुन्छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । विद्यार्थीका लागि त्यति राम्रो दिन छैन । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । साँझपख अचानक धन लाभ हुनसक्छ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ अनि मात्र आजको दिन अनुकूल हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिनको सुरुआतमा मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । बेलुका मनोरञ्जन र खेलवाडतिर लागिने छ । धेरै दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger