३ माघ,काठमाडौ। सोसियल नेटवर्किङ साइट फेसबुकले नयाँ सर्चिङ(खोजी) प्रविधीको शुरुवात गरेको छ। फेसबुकभित्रका कुरा खोजी गर्न सजिलो होस भनेर शुरु गरिएको नयाँ प्रविधीलाई ग्राफ सर्च भनिएको छ।यो सर्च टेक्नोलोजि परम्परागत सर्चिङ टेक्नोलोजी भन्दा फरक छ, यसले खोजकर्ताहरुलाई उत्तरको लिंक होइन् उत्तर नै दिन्छ।
फेसबुकका प्रमुख मार्क जुकरबर्गले अमेरिकाको क्यालिफोर्नियामा यसको घोषणा गरेका थिए।
किवोर्डको आधारमा सर्च गर्ने अन्य सर्च इन्जिनको विशेषतालाई छोडेर यो ग्राफ सर्चमा फ्रेजबाट खोज्ने सकिनेछ ।
फेसबुकको नयाँ सर्चिङ टुललाई फेसबुक र सर्च इन्जिन जायन्ट गुगलबिचको प्रतिष्पर्धा समेत भनिएको छ तर विशेषज्ञहरुले भने सर्च इन्जिनमा केही गर्न फेसबुकलाई धेरै समय लाग्ने बताएका छन्।

0 comments:
Post a Comment