पैमको कुनै सीमा हुदैन भन्ने गरीन्छ, त्यसैले होला बेला बेला शिक्षकको विद्यार्थीसंग, ९० वर्षीय वृद्धाको १८ वर्षे किशोरीसंग, मालिकको नोकरसंग र थरी थरीको प्रेम समाचार हामीले सुन्ने र पढ्ने गर्दछौ । अहिले भने बेलायतमा एउटा महिला प्रहरी र कैदी बिचको प्रेम प्रसंगको खुलासा भएको छ । बेलायतको एक जेलमा बरिष्ठ अधिकृत रहेको ३३ वर्षीय रेबेका किंग माथि जेलमा एक अपराधिसंग प्रेम परेपछि उसको सहायता गरेको आरोपमा अदालतले ३ वर्षको कैद सुनाएको छ । मादक पदार्थको तस्करीको आरोपमा जेलमा रहेको डेविड टर्नबुल संग किंग प्रेममा परेकी हुन् ।
कैदमा किंगले डेविडलाई फोन प्रयोग गर्न दिएकी थिइन् । दुवैको पहिलो भेट २००७ मा भएको थियो तर २००८ मा डेविड जेलबाट छुटेपछि मात्र दुवै बिच प्रेम भएको किंगका वकीलले दाबी गरेका छन् । डेविड जेलमा रहदा किंगले मेसेज गरेर डेविडलाई फोनमा पैसा हाल्ने गरेकी थिइन । डेविड कैदमा रहदा दुवै बिच १६०० पटक फोन वार्ता भएको अदालतमा प्रमाणित भएको छ ।
डाउनलोड गर्नुहोस
0 comments:
Post a Comment