दैलेखमा दुईपक्षीय झडप, ढुंगामुढाबाट केही घाइते


१० माघ काठमाडौं । दैलेखमा एमाओवादी र विपक्षी दलहरुले निकालेको छुट्टाछुट्टै जुलुसमा एक अर्कावीच ढुंगा हानाहान हुँदा करिब एक दर्जन घाइते भएका छन् । एमाओवादी कार्यकर्ताले स्थानीय पत्रिकाको कार्यालयसमेत तोडफोड गरेका छन् । विपक्षीले जिल्ला प्रवेशमा रोक लगाए पनि प्रधानमन्त्री पार्टीको जिल्ला अधिवेशन उद्घाटनमा पुग्नुभएको छ ।
जिल्लाको अवस्था तनावमय बनेको छ ।प्रधानमन्त्री र एमाओवादी नेतालाई कालो झण्डा देखाउन विपक्षी कार्यकर्ताहरु एमाओवादीको कार्यक्रमस्थलतर्फ अघि बढ्ने क्रममा दुईपक्षवीच केहीबेर ढुंगा हानाहान भएको र दुबैतर्फ केही घाइते बनेको स्रोतले बतायो । दुईपक्षवीच तीन ठाउँमा झडप भएको र एक दर्जनजति घाइते भएका छन् ।
केहीबेर सैनिक ब्यारेकमा बसेपछि प्रधानमन्त्री भट्टराई र अन्य नेताहरु कडा सुरक्षावीच कार्यक्रमस्थलमा प्रवेश गर्नुभएको छ । एमाओवादी नेतालाई एमाओवादीले बाजा गाजासहित स्वागत गरेका छन् भने त्यहीबेला केही परबाट विपक्षीले कालो झण्डा प्रदर्शन गरेका छन् । करिब १५ मीनेटको दूरीमा दुबैपक्षले एकैसाथ आमसभा आयोजना गरेका छन् ।
विपक्षीले जिल्ला प्रवेशमा रोक लगाएको घोषणा गरे पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरुको टोली दैलेख सदरमुकाम पुगेको छ । तर, जुलुसमा शीर्ष नेताहरु भने सहभागी छैनन् । विपक्षीहरुले एमाओवादीविरुद्ध चर्को नारावाजी गरिरहेका छन् । विपक्षी दलहरुले एमाओवादीको विरोधमा जुलुस निकालेका छन् । प्रहरीले दुबैका जुलुसलाई भेट हुन नदिई सुरक्षा दिने प्रयास गरेको छ । अधिवेशन उद्घाटनमा भाग लिन काँडाचौरस्थित पुरानो टुँडिखेलमा एमाओवादी कार्यकर्ताहरु भेला भएका छन् । प्रहरीले विपक्षीको जुलुसलाई सहजरुपमा अघि बढ्न दिएको र आफूहरुलाई रोकेर पूर्वसहमति तोडेको माओवादी नेता सुवेदीको आरोप छ ।
एमाओवादीको प्रथम जिल्ला अधिवेशनका क्रममा निस्किएको जुलुसमा जिल्ला प्रशासन कार्यालय छेउमा केही व्यक्तिले घरभित्रबाट लुकेर ढुंगामुढा गरेको र प्रतिकार गर्न खोज्दा भागेको एमाओवादीका स्थानीय नेता छवि सुवेदीले आनलाइनखबरलाई बताउनुभयो ।
पत्रिकाको कार्यालयमा आक्रमण
यसैवीच एमाओवादीका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय र स्थानीय तेस्रो आाखा दैनिकको कार्यालयमा तोडफोड गरेका छन् । यसैवीच प्रेस चौतारीका महासचिव विष्णु रिजालले प्रेस वक्तव्य जारी गरी पत्रिकाको कार्यालयमाथि भएको आक्रमणको निन्दा गर्नुभएको छ

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger