दुई वालिकाको आगलागीमा जलेर मृत्यु


धादिङ, माघ १२ – धादिङको जोगिमारा गाविस २ ताक्थली गाउँमा एउटा घरमा आगलागी हुँदा दुई जना वालिकाको जलेर ज्यान गएको छ । घरमा अभिभावक नभएको बेला शुक्रबरा साँझ साढे ५ बजेतिर लागेको आगोमा परेर ताक्थली गाउँका कविराज चेपाङका दुई छोरीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कविराज चेपाङको छोरीहरु ३ वर्षिया सम्झना र डेढ बर्षिया अन्जना छन् ।
अभिभावक घर वाहिर रहेको बेला आगलागी भएपछि घर भित्रै खेलीरहेका ८ र ६ बर्षका दुई छोरा घरवाहिर निस्कन सफल भएपनि घरमा सुतिरहेका ३ बर्षिया सम्झना र डेढ बर्षिया अन्जनाको भने अगोमा परेर ज्यान गएको छिमेकीहरुले बताएका छन । घरभित्रबाट कसरी आगो निस्कियो भन्ने बारेमा केही खुल्न सकेको छैन ।
आगलागीबाट घर पूर्ण रुपमा जलेको छ । घटनास्थल पृथ्वी राजमार्गबाट करिब ३ घण्टाको पैदलयात्राको दुरीमा पर्छ ।
घटनाको जानकारी आएपछि प्रहरी चौकी जोगिमाराबाट प्रहरीको एक टोली घटनास्थल पठाईएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरीका निरिक्षक विनोद घिमिरेले बताउनुभयो 

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger