२२ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले १० करोडभन्दा बढी ठगीको आरोपमा पक्राउ परेका हाउजिङ व्यवसायी सुधिर बस्नेतलाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ । शुक्रबार पक्राउ परेका बस्नेतलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको थियो ।
न्यायाधीश विष्णुप्रसाद कोइरालाको एकल इजलासले बस्नेतलाई पक्राउ परेको मितिले ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको श्रेस्तेदार भरत लम्सालले जानकारी दिनुभयो । प्रहरीले भने १० दिनको समय मागेको थियो ।
पैसा लिएर अपार्टमेन्ट नदिएको भन्दै उजुरीपछि प्रहरीले बस्नेतलाई शुक्रबार पक्राउ परेको थियो । उनीविरुद्ध ठगी मुद्दा चलाइनेछ ।
बस्नेतले ओरियन्टलसँगै कोहिनुर हाउजिङ, इस्टन, ग्राण्ड, सानेपा हाइट, बाग्मिती, भेगास लगायतका १० बटा प्रोजेक्ट सुरु गरेका थिए । ३/४ वर्षअघि नै झण्डै ५ हजार ग्राहकबाट आंशिक र पूरा पैसा लिएपनि बस्नेतले अहिलेसम्म अपार्टमेन्ट दिन सकेका छैनन ।

0 comments:
Post a Comment