कर्णेल लामालाई छुट्टाउन नेपाली टोली बेलायत जाँदै


२ माघ, काठमाण्डौं । सरकारले बेलायतमा पक्राउ परेको नेपाली सेनाका महासेनानी कुमार लामाको मुद्दा अघि नबढाई तत्काल नेपाल फर्काउन बेलायती सरकारलाई औपचारिक पत्र पठाउने र कानुनी लडाई पनि लड्ने निर्णय गरेको छ । यसका लागि सरकारले एक टोली बेलायत पठाउने भएको छ ।
सरकारले उक्त निर्णयको मौखिक जानकारी लन्डनस्थित नेपाली दूतावासलाई दिइसकेको छ । औपचारिक पत्र मंगलबार पठाइने परराष्ट्रमन्त्रालयले जनाएको छ । सरकारले बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेलाई लामाका पक्षमा मुद्दा लड्न अभिवक्ता खोजीका साथै त्यहाँको कानुनी प्रक्रियाका लागि डा. सूर्य सुवेदीसँग सल्लाह गर्न निर्देशन दिएको स्रोतले बतायो ।
परराष्ट्रमन्त्री नारायणकावी श्रेष्ठ, महान्यायाधिवक्ता मुक्तिनारायण प्रधान, नेपाली सेनाका वरिष्ठ अधिकारी, कानुन, गृह र रक्षा मन्त्रालयका सचिव तथा कानुन क्षेत्रका विज्ञसँगको छलफल पछि बेलायतलाई पठाउने पत्र तयार भएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।



0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger