पुस १८ - 'सुकुम्वासीमाथि जसले पनि अत्याचार गर्न पाउँछ, हामीले सहनेमात्र हो, कहिल्यै न्याय नपाउने भाग्य लिएर जन्मेका रहेछौं,' लहानबाट १४ किमि पश्चिम–दक्षिण धनगडी–९ मुसहरनियाकी सुकुम्वासी गनियादेवी मंगलबार सदरमुकाममा अधिकारकर्मीबीच विलाप गर्दै थिइन्।१८ वर्षीया नातिनीमाथि सामूहिक बलात्कार भएको घटनाले आहत उनलाई चारैतिरबाट मुद्दा नचलाउन, घटना गाउँमै मिलाउन आइरहेको दबाबले झन् विक्षिप्त बनाएको छ।
'सधैंझैं सोमबार पनि बाख्रा चराउन चौरतिर गएकी थिइन्,' गनियाले भनिन्, 'घर फर्केर रुँदै आफूमाथि बलात्कार भएको सुनाउँदा आकाशबाट खसेझैं भयो।'
गनियाकी नातिनीले आफूलाई बलात्कार गर्नेलाई राम्ररी चिनेकी छन्, एकजना त हाडनाताभित्रकै छन्, अर्का एक छिमेकी।
मंगलबार घटनास्थल पुगेका स्थानीय अधिकारकर्मीको टोलीलाई गनियाका छिमेकीले भने, 'यो घटनालाई गाउँमै मिलाउन पीडितलाई व्यापक दबाब आइरहेको छ। लेनदेन गरेर गाउँको कुरा गाउँमै मिलाऊँ, नभए जे पनि हुन सक्छ भनेर यस क्षेत्रका पञ्च भनाउँदाहरु धम्क्याइरहेका छन्।'
उनीहरु बलात्कारीलाई हदसम्म सजाय हुनुपर्ने माग गर्छन्। पीडितकी छिमेकी एक महिलाले भनिन्, 'बलात्कार गर्नेलाई जेल हुनुपर्छ हजुर, तर के गर्ने? कानुन, पुलिस, नेता, सबै उनीहरुकै साथमा छन्।'
सुकुम्वासीसँग मुद्दामामिला गर्ने पैसा नहुने भएकाले गाउँमै मिल्नुको उपाय नभएको पनि उनीहरुले दुुखेसो गरे।
मुसहरनियाटोलदेखि मुद्दा हेर्ने वडा प्रहरी कार्यालय लहानसम्म घटना मिलाउन चलखेल सुरु भएको पीडित पक्षको भनाइ छ।
घटना अनुसन्धान गरिरहेका वडा प्रहरी कार्यालय, लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले पनि 'मिलाइदिनुपर्योध' भनेर दबाब आइरहेको बताए। 'फोन आएको आयै छ, कतिले त भेटेरै केस मिलाइदिन भनिसके,' उनले सुनाए।
प्रहरीका अनुसार सोमबार मध्याह्न १२ बजेतिर गाउँकै चौर (एकान्त चौर) मा बाख्रा चराउन गएकी गनियाकी नातिनीलाई दिउँसो तीन बजेतिर घर फर्कने क्रममा दुई युवाले बाटो छेकेर बलात्कार गरेका थिए। पीडितले दिएको बयानअनुसार उनीहरुले बोकेर आँपको बगैंचामा लगेर किशोरीको मुख थुनेर पालैपालो बलात्कार गरेका थिए।
पीडित किशोरीले धनगडी–९ का वीरेन्द्र र सुरेन्द्र साहले आफूलाई बलात्कार गरेको प्रहरीलाई बयान दिएकी छन्। प्रहरीका अनुसार घटनालगत्तै गाउँ पुग्दा आरोपीको घरमा कोही पुरुष थिएनन्।
प्रहरीले युवतीको सगरमाथा अञ्चल अस्पताल राजविराजमा मंगलबार नै स्वास्थ्य परीक्षण गराएको छ।
यसैबीच, शुक्रबार बलात्कारको सिकार भएकी सिरहा लालपुर–६ गुरुधामकी नवविवाहिता महिलाको जाहेरी मंगलबार मिर्चैया प्रहरीले दर्ता गरेको छ। उनको सोमबार नै अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराएको प्रहरी निरीक्षक नरेश सुवेदीले बताए। पीडितको बयानका आधारमा प्रहरीले आइतबार साँझ लालपुर–५ का रुपनारायण यादवलाई पक्राउ गरेको थियो।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:
Post a Comment