Saturday
February 9

ब्लु फिल्म घीन लाग्छ


शोभिता सिंखडा, नायिका
चलचित्र सन्देश मार्फत नेपाली सिने नगरीमा प्रवेश गरेकी नायिका शोभिता सिंखडा हाल कतारमा छिन् । श्रीमान् निराजन भण्डारीको साथमा व्यापार सम्हालिरहेकी शोभिताले दर्जन ज्यादा नेपाली सिनेमामा अभिनय गरिसकेकी छिन् । हाल अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारको अध्यक्ष समेत रहेकी शोभिताले गंगाजल, मार्यो नि मायाले मार्यो, कसम, द लाष्ट किस लगायतका सिनेमामा अभिनय गरेकी छिन् । उनै कतारमा रहेकी नायिका शोभिता सिंखडासँग अनलाइनखबरका लागि विजय आवाजले गरेको टेलिफोन अन्तर्वार्ता ।
· के गर्दै हुनुहुन्छ कतारमा अहिले ?
म अहिले श्रीमान्को व्यापारलाई सघाइरहेको छु ।
· नेपाली सिनेमालाई माया मार्नु भएको हो ?
होइन, म नेपाली सिनेमालाई कहिल्यै माया मार्न सक्दिन । तर श्रीमान्को व्यापारिक कारोबार यतै हुने भएकाले १ बर्षदेखि कतारमा छु ।
· सिनेमा पाउन छोडेर कतार तर्फ लाग्नु भएको हो ?
होइन त्यस्तो केही पनि । मैले ‘द लाष्ट किस’ नामक सिनेमामा काम गरिरहेको थिएँ । सुटिङ सकिएको भोलिपल्ट नै नेपाल छोड्नुपर्यो ।
· अब सिनेमा नखेल्ने हो ?
होइन म खेल्छु नै भन्न सक्दिन । किनकी कतारमा व्यापार व्यवसाय गरिरहेकाले पनि नेपाल आउने फुर्सद पाएको छैन । तर नेपाली सिनेमालाई भने मैले धेरै नै याद गरिरहेको छु ।
· अहिले सिनेमा सेक्स बिक्दैछ नि, कसरी हेर्नु भएको छ ?
सेक्स बिकाएर बिक्ने चिज होइन ।
· अनि कस्तो चिज हो त, तपाईंको परिभाषा के हो ?
मानिस सेक्सको बिषयमा धेरै कौतुहलता राख्छ भनेर सिनेमामा यसकै सेरोफेरोलाई घुमाइएको हुन्छ । सेक्स भनेको शरीरलाई आवश्यक पर्ने चिज हो । समाजलाई राम्रो सन्देश दिने खालको सिनेमा छ भने सेक्सलाई समावेश गर्नु गलत होइन । तर हलमा दर्शक तान्ने तबरले मात्र सेक्स समावेश गर्नु गलत हो ।
· तपाइले पनि ‘द लाष्ट किस’मा ग्ल्यामर दिनुभएको थियो, होइन र ?
सिनेमा भित्र मेरो त्यस्तो दृश्य छैन र यही बिषयमा मेरो सिनेमाको युनिटसँग कुरा मिलेको थिएन ।
· तपाईंको प्रेम प्रसंगको कुरा गरौं । तपाईं र श्रीमान् निराजन भण्डारीबीचको प्रेम प्रसंगको बारेमा केही बताइदिनुहोस् न ?
सुरुवातमा हाम्रो भेट नमस्ते कलिउड भन्ने कार्यक्रममा भएको थियो । त्यसपछि उहाँ र म राम्रो साथी बन्यौ । एकअर्काको घरमा जाने आउने पनि भयो । यसपछि मेरो हजुरआमाले निराजन कस्तो लाग्छ भनेर सोध्नुभयो, मैले मन पर्छ भने । हाम्रो एकबर्ष जति प्रेम सम्वन्ध भयो । अनि बिहे भयो ।
· तपाइलाई अब कस्तो सिनेमा गर्न मन लागेको छ ?
मलाई अब समाजमा राम्रो सन्देश दिने खालको सिनेमा गर्न मन लागेको छ ।
· जीवनमा पहिलो पटक चुम्बनको अनुभव कहिले भयो ?
खै मलाई याद नै छैन ।· विवाहित हुनुहुन्छ, कस्तो समयमा सेक्स सम्बन्ध राख्न रुचाउनुहुन्छ ?
यो व्यक्तिगत कुरा भएकाले उत्तर दिन सक्दिन ।
· आफ्नो अंगमा सबैभन्दा सेक्सी कुन लाग्छ ?
शरीर ।
· तपाईंलाई कुन पहिरनमा आफु सेक्सी देखिन्छु जस्तो लाग्छ ?
मलाई सारी सुहाउँछ जस्तो लाग्छ ।
· अब कुन नायकसँग सिनेमा खेल्न मन लागेको छ ?
मलाई सौगात मल्लसँग सिनेमा खेल्न मन लागेको छ ।
· सौगात नै किन ?
उहाँ निक्कै मिहिनेती कलाकार जस्तो लाग्छ ।
· आफ्नो नांगो शरीर हेर्दा कस्तो लाग्छ ?
पहिला आफ्नो शरीर हेरेर नै म दंग हुन्थे । तर अहिले मोटाएकाले कसरी दुब्लाउने होला जस्तो लाग्दैछ ।
· नेपाल आएर आफ्नै ब्यानरमा सिनेमा निर्माण गर्ने सोच छ कि छैन ?
हामी छिट्टै नै सिनेमा निर्माण गर्ने तयारी गर्दैछौ ।
· नेपालको सबैभन्दा धेरै केलाई मिस गर्दै हुनुहुन्छ ?
ओशो तपोबन र नेपाली सिनेमालाई मिस गरिरहेको छु ।
· ब्लु फिल्म हेर्नुभएको छ ?
तपाई पत्याउनुहुन्न होला, तर मैले अहिलेसम्म पनि हेरेको छैन । मलाई त घिन लाग्छ । ब्लु फिल्म अप्राकृतिक हो भन्ने मलाइ लाग्छ । म सानोदेखि नै ध्यान गर्ने भएकाले यस्तो कुरामा रमाउँदिन ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger