पुनःस्थापना केन्द्र पठाउने गरी परिवारको जिम्मा लगाइयो
२७ माघ, काठमाडौं । लागूऔषध दूर्व्यसनीको आरोपमा पक्राउ परेका गायक सुगम पोखरेललाई पुनःस्थापना केन्द्र पठाउने गरी प्रहरीले परिवारको जिम्मा लगाएको छ ।
पोखरेललाई लागूऔषध नियन्त्रण इकाइ बानेश्वरले शुक्रबार सेतोपुल नजिकैबाट पक्राउ गरेको थियो । पक्राउ परेका ७ जनामध्ये एकजना विक्री वितरण गर्ने अर्का एक जनासँग मात्रै खैरो हिरोइन भेटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये एक कारोबाही रहेको र उनले गायक सुगमले पनि मगाएको भनेपछि सेतोपुल नजिकैबाट नियन्त्रणमा लिइएको साउदले जानकारी दिनुभयो ।

0 comments:
Post a Comment