श्रीमतीलाइ बनाए द्रौपदी त्यो पनि आफ्नै श्रीमानले

--> //

विवाहपछि हरेक केटीको एउटै सपना हुन्छ कि उसको श्रीमानले सबैभन्दा बढी माया देओस र दुनियाको नराम्रो नजरबाट बचाओस । तर एक श्रीमानले आफ्नो भाइहरुसंग मिलेर आफ्नै श्रीमतीको अश्लील भीडियो बनाएका छन् । सो घटना मुजफ्फरनगरको काँलोनीको हो । जहा आफ्नै श्रीमानले भाइहरुसंग मिलेर बलात्कार गरी त्यसको अश्लील भीडियो बनाएको भनी एक युवतील्ो प्रहरीमा शिकायत गरेकी छिन् ।
हाल भने प्रहरीले आरोपी श्रीमानलाई पक्राउ गरी पुछताछ गरेको थियो । तर श्रीमानले आफ्नै श्रीमतीको नै चरित्रहीन भएको आरोप लगाएको छ । करीब चार वर्ष भन्दा पहिला ती युवतीको विवाह एक मोहल्लामा भएको थियो । उनको श्रीमानले आफ्नो भाइहरुसंग मिलेर बलात्कार गरी मोबाइलबाट एमएमएस बनाएका थिए । कसैलाई भनेको खण्डमा सो भीडियो इन्टरनेटमा फैलाउने धम्की समेत दिएका थिए । भने अर्कोतर्फ श्रीमान माथि लगाइएको सबै आरोप झुटा भएको बताएको छ ।
श्रीमान यो पहिलो विवाह हो भने श्रीमतीको दोस्रो विवाह रहेको बताइएको छ । ती युवतीको पहिलो विवाह पनि यस्तै आरोपका कारण सम्बन्ध विच्छेद भएको उनको श्रीमानले बताएको छ । एसओ सिविल लाइन्स कमल सिंह यादवका अनुसार महिलाले आफ्नो श्रीमानलाई गम्भीर आरोप लगाएकी छिन् भने सो घटनाको जाच पनि भैरहेको छ ।

--> //

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger