युवा संघमा डनको हारजीत सराबर
१६ फागुन, काठमाडौं । एमालेनिकट युवा संघ नेपालको यो साता बुटवलमा सम्पन्न महाधिवेशनमा ‘डन’को चर्चा खुब चल्यो । पत्रपत्रिकाले बहुदलीय जनवादलाई ‘बहुदलीय डनवाद’का रुपमा व्यंग्य गरे भने स्वयं एमालेकै प्रभावशाली नेताहरुले बुटवलबाट डनलाई बढार्ने भाषण नै ठोके । तर, केन्द्रीय समिति चयन गर्ने बेलामा डनहरुको स्थिति के भयो ?डनहरु को आए ? को फालिए ?
स्रोतका अनुसार डनको आरोप लागेका मध्ये पर्शुराम बस्नेत खुल्लातर्फको केन्द्रीय सदस्यमा विजयी भएका छन् । बस्नेतले ६ सय ७८ मत ल्याएका छन् । बस्नेतलाई सचिव बनाउने भनिए पनि डनको चर्को आलोचना भएपछि सदस्यमा उठाइएको तर, विभागीय प्रमुखको जिम्मेबारी दिने तयारी भइरहेको युवासंघ स्रोतले अनलाइनखबरलाई बतायो । रोचक के छ भने एकताका बिराटनगरमा पर्शुराम बस्नेतले पिस्तोल देखाएर धम्की दिएको पीडा खेपेकी मोरंगकी अञ्जना अधिकारीसमेत खुल्ला महिलातर्फको कोटाबाट केन्द्रीय सदस्य बनेकी छन् । विगतमा पुर्शरामविरुद्ध खुलेर लागेकी अधिकारी यतिबेला बस्नेतको विरोध गरेको रुचाउँदिनन् ।
डनको आरोप लागेका मध्ये भक्तपुरका दीपक थापाले खुल्लातर्फ केन्द्रीय सदस्य जितेका छन् । सचिवमा जितेका रमेश कुमार पौडेलको नाम बाहुन डनसँग मिले पनि उनी रामेछापका बाहुन डन नभई खोटाङ निवासी हुन् । दाङका डन अर्जुन गुरुङले राप्तिको समावेसी कोटाबाट केन्द्रीय सदस्य जितेका छन् । रुपन्देहीका डन धु्रब आचार्य केन्द्रीय सदस्यमा विजयी बनेका छन् भने काठमाडौंका ‘डन’ फुर्बा तामाङचाहिँ राजकुमार मगरसँग उपत्यकाको समावेशी कोटाबाट करिब सय भोटले हारेका छन् । रामेछापमा अर्का ‘डन’ शेरबहादुर तामाङले वाग्मतीको खुल्ला कोटाबाट जितेका छन् । गोर्खाका डन बसन्त गुरुङ हारेका छन् । डनका रुपमा कहलिएका धादिङका दिनेश अधिकारी ‘चरी’ र रामेछापका रमेश पौडेल ‘बाहुन’ चुनावी मैदान नदेखिएपनि नेतृत्वमा ल्याउने रस्साकस्सी सुरु भइसकेको छ ।
१७ पदाधिकारी
विजयी हुने १६ पदाधिकारीमा अध्यक्ष महेश बस्नेत छन् भने ५ उपाध्यक्षमा झपटबहादुर राउल, नीरु पाल, दिलकुमारी पन्त, राजु गुरुङ र सूर्य ढकाल छन् । बुटबलका डन गुरुङ मात्र निरज आचार्य समूहका हुन् भने बाँकी सबै बस्नेत पक्षका ।
त्यसैगरी महासचिवमा राजीव पहारी र ९ जना सचिवहरुमा किरण पौडेल, अशोककुमार चन्द, रमेशकुमार पौडेल, नरेशकुमार शाही, मञ्जु यादव, क्रान्ति बुर्लाकोटी, चन्द्र लामा, सरोजदिलु विश्वकर्मा र हस्तबहादुर शाहीले जितेका छन् । कोषाध्यक्षमा गोविन्दबहादुर थापा विजयी भएका छन् ।
केन्द्रीय सदस्यमा को-को आए ?
केन्द्रीय सदस्यमा खुल्ला क्षेत्रका ११ सदस्यहरुमा पर्शुराम बस्नेत, रमेश तिवारी, प्रभातविक्रम कटुवाल, राजु कार्की, सन्तोष रावल, धु्रब आचार्य, रोशन बस्नेत, अन्जन भट्ट, दामोदर दंगाल, माधवप्रसाद बास्तोला र दीपक जीएम छन् ।
त्यसैगरी केन्द्रीय सदस्यमा मेचीबाट दीपेन्द्र पोमु र दुर्गाप्रसाद गौतम, मुनादेवी शर्मा र नरबहादुर गुरुङले जितेका छन् । त्यसैगरी कोशीबाट केन्द्रीय सदस्य बन्नेहरुमा अर्जुन ढुंगाना, सनि थापा, राजन राई, अन्जनीकुमार पोखरेल, सीता सुवेदी र ज्ञानदीप लिम्बूले जितेका छन् ।
सगरमाथाबाट केन्द्रीय सदस्य बन्नेहरुमा निरञ्जनकुमार झा, रुपेश शाक्य, दिलचक्र राई, रविन्द्र साह विजयी भएका छन् । नारायणी अञ्चलबाट हिदम लामाले जितेका छन् भने गण्डाकीबाट फतबहादुर गुरुङ, गोविन्द बस्नेत, दर्शन लामा र भरतबहादुर गोदार, सुष्मा कट्टेल र देवबहादुर गुरुङ आएका छन् ।
वाग्मतीबाट देशसागर लामा, रामकृष्ण खड्का, शेरबहादुर तामाङ र अशोक चौलागाई, वालिका खड्काले जितेका छन् भने उपत्यकाअन्तगत प्रकाश गौतम, निरेश लालसिंह महर्जन र विनोद केसी, संगीना रजक र राजकुमार मगर विजयी भएका छन् ।
धौलागिरीबाट केन्द्रीय सदस्य बन्ने भाग्यमानीहरुमा शिवप्रसाद पौडेल, कृष्णकुमार विश्वकर्मा र उर्मिला रेग्मी परेका छन् । त्यसैगरी लुम्बिनीबाट सुजु मल्ल, सुवासचन्द्र जीसी, टोपलाल पोखरेल, सुरेन्द्र पाण्डेय र अनिता भारती विजयी भएका छन् ।
राप्तीबाट डिलबहादुर केसी, महनोहर बूढाथोकी, रुद्रवीर घर्ती र अर्जुन गुरुङले जितेका छन् भने भेरी अञ्चलबाट प्रकाश सारु, चन्द्रप्रसाद दाहाल राजन थापा, सन्तोष बूढाथोकी र सम्झना बिक केन्द्रीय सदस्य बनेका छन् । कर्णलीबाट जयबहादुर शाही, नृपेन्द्र महत, सुनाराम सुनाराम बूढा र मञ्जु रावल केन्द्रमा आएका छन् । सेतीबाट प्रकाशबहादुर रोकाया, झंकरबहादुर खड्का, मिठुबहादुर कुँवर र मीना कुँवरले जितेका छन् भने महाकालीबाट बिस्ना चन्दले जितेकी छन् ।
महिला, जनजाति, मधेसी र अपाङ्ग सदस्य
महिला खुल्ला तर्फका ६ जना केन्द्रीय सदस्यमा अञ्जना अधिकारी, रमिला श्रेष्ठ, उर्मिला सुनुवार, मीना रावल, सरस्वती खड्का र अम्बिका पौडेलले जितेका छन् ।
जनजाति कोटामा क्षितिज थेबे, हिमाल लिम्बू, अमि तामाङ राजकाजी राई, नीता लामा ङ्याङजो, र शान्ति राईले जितेका छन् । ६ सीटको मधेसी कोटाबाट ब्रजकिशोर मण्डल, सत्य नारायाण यादव, सञ्जीवकुमार सिंह, धु्रबप्रसाद यादव, प्रदीपकुमार राय यादव, राजेशप्रसाद साहले जितेका छन् । मुस्लिमबाट मन्जुर आलम बीले जितेका छन् भने दलितमा झबिन सुनाम, संगीता अछामी र दीपक घिमिरेले जितेका छन् । अन्तरजिल्लाबाट केशब कुमार भट्टराई र जीवी खड्का केन्द्रमा आएका छन् भने अपाङ्गबाट जोग गुरुङ्ग युवा संघको केन्द्रीय सदस्य बनेका छन् ।
१० सदस्यीय अनुशासन आयोग
अनुसासन आयोगमा हिराचन्द्र केसीले अध्यक्ष जितेका छन् । अन्य ९ सदस्यमा कपिलदेव ढकाल, तिलोत्तम पौडेल, अम्बिका रुपाखेती, इन्द्र गुरुङ, अशोक पुरी, मुक्ति राई, उर्मिला कुँवर, तेजविक्रम बस्नेत र अशोककुमार दहाल विजयी भएका छन् ।
लेखा आयोगमा २० जना
कमलराज पाठकले लेखा आयोगको प्रमुखमा विजय हात पारेका छन् । ओागाक १९ सदस्यमा अक्कल बहादुर बिष्ट, शुशिल गैरे,रुद्रमान श्रेष्ठ, कमल कार्की, डम्बर यादव, कमल के.सी., ध्रुव खड्का, प्रकाश लामिछाने, ईश्वर राज खत्री, ईन्द्रप्रसाद न्यौपाने, बुद्धिलाल यादव, कृष्णसिंह बस्नेत, बाबुराजा श्रेष्ठ, दिलिप न्यौपाने, जनकप्रसाद न्यौपाने, रविकुमार कार्की, नरेश मलासी -माइकल), हरि पोखरेल, तिरणदाज गौतम रहेका छन् ।

0 comments:
Post a Comment