दुल्लुबाट विपक्षीले भने-माओवादीको दिनगन्ती सुरु भो


१९ माघ, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत विपक्षी दलका शीर्ष नेताहरुले दैलेखको दुल्लुमा आमसभा गरी एकीकृत नेकपा माओवादीको दिनगन्ती सुरु भएको बताएका छन् । दैलेखको पुरानो ऐतिहासिक स्थल दुल्लुमा शुक्रबार आयोजित विपक्षी दलहरुको सभालाई सम्बोधन गर्दै कांग्रेस, एमालेसहितका शीर्ष नेताहरुले एमाओवादी लोकतन्त्र सिध्याउन लागेको भन्दै उसँग कुनै सम्झौता नहुने बताए ।
कांग्रेस सभापति सुशील कोइरालाले लोकतन्त्रमाथि खेलवाड गर्न लागिपरेको भन्दै माओवादीसँग कुनै सम्झौता नहुने बताउनु भयो । शान्ति सम्झौता च्यात्ने प्रचण्डको धम्कीबाट नडराउने भन्दै कोइरालाले जनतालाई आतंकित पारेर सत्ताकब्जा गर्ने सपना नदेख्न माओवादीलाई सुझाव दिनुभयो । ‘माओवादीहरुले कसलाई घुर्की देखाएका हुन् । हामी प्रजातन्त्रवादी हौं । यस्ता धम्की मान्दैनौं’ उहाँले भन्नुभयो-शान्ति सम्झौता कहिले चाँही पालना गरेको थियो र च्यात्ने धम्की दिन्छौ ?’
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दैलेखबाट माओवादीको गल्ति सुधार्न दिएको सन्देश नेपालभर फैलिसकेको बताउनु भयो । उहाँले भन्नुभयो-’दैलेखका जनताले माओवादीलाई संविधानसभामा नै धुलो चटाएका हुन्, अब देशभरका जनताले धुलो चटाउँछन् ।’
जनतालाई त्रसित पारेर विधीको शासन र कानुनलाई कुल्चदै माओवादीले अपराधी बोकेर हिडेको भन्दै नेता नेपालले पत्रकार डेकेन्द्रराज थापाको मुद्दा कमजोर बनाउन र विभिन्न निर्देशन दिने काम गरेका गृहमन्त्री र प्रहरी प्रमुखलाई माओवादीको मतियार नवन्न समेत चेतावनी दिनुभयो । आफुहरुको आन्दोलन कुर्चीको लागि मात्र नभएको भन्दै नेता नेपालले भन्नुभयो-’मुर्ख प्रधानमन्त्रीको अवैध सरकार र उनका सबै काला कर्तुतहरुलाई निमिट्यान्न पारेर सहमतिय सरकारका लागि दबाब दिन आन्दोलन गरेका हौं ।’
‘पानी माग्दा दुध मिल्दोछ हाम्रा दुल्लु, भन्ने गीत गाउँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाबुराम सरकारको दिनगन्ती सुरु भइसकेको बताउनु भयो । राणा गए, राजा गए विभिन्न पार्टीका नेता गए तर दुल्लुका जनताको अनुहार बदलिएको देखिएन भन्दै उहाँले माओवादीबिरुद्धमा दैलेखका जनता र पत्रकारहरुले अग्रीम पंतीमा लडिरहेको भन्दै प्रशंसा गर्नुभयो ।
सभालार्इ सम्बोधन गर्दै कांग्रेसका युवा नेता गगन थापाले काठमाडौं हुँदा २५ बर्ष शासन गर्छु भन्ने प्रचण्डलाई दैलेखी जनताहरुले ठूलो झापड दिएपछि दैलेखबाट फर्केपछि आफ्नो शासन काललाई १५ बर्ष घटाएर दश बर्षमा झारेको टीप्पणी गर्नुभयो । माओवादी सरकार ढाल्न आन्दोलन गर्नु नपर्ने भन्दै उहाँले भन्नुभयो-’हाम्रो पार्टीको विरोध कार्यक्रमले नै सरकार ढाल्छ ।’

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger