माओवादी महाधिवेशनले प्रचण्डको उत्तराधिकारी खोज्ने महाधिवेशन खर्च ह्वात्तै घट्यो


१९ माघ, हेटौंडा । एकीकृत नेकपा माओवादीको शनिबारबाट सुरु हुने महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उत्तराधिकारी खोज्ने भएको छ ।
महाधिवेशनको तयारीबारे जानकारी दिन शुक्रबार साँझ महाधिवेश स्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले महाधिवेशनले पार्टीको नेतृत्व परिर्वतन नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो-’अहिले नै पार्टीको नेतृत्व परिर्वतनको सम्भावना छैन । तर, शीर्षतहमै उत्तराधिकारीको खोजी हुन्छ । अध्यक्षले शीर्षदेखि तल्लो तहसम्म उत्तराधिकारी तयार पार्नुपर्छ भन्नुभएको छ ।’ महाधिवेशनले तय गर्ने पार्टीको कार्यदिशालाई प्रष्ट पार्ने भन्दै उहाँले क्रान्तिको पुनरावृत्ति नभई विकास गरिने बताउनुभयो ।
एमाओवादी प्रवक्ता सापकोटाले पुँजिवादी जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्ति गर्ने भन्दै उहाँले त्यसमा अवरोध भए बल प्रयोगको विकल्प खुला राखिने बताउनुभयो । उहाँले महाधिवेशनपछि आगामी जेठमा निर्वाचन गर्ने गरी दलहरुबीच सहमति जुट्ने दाबीसमेत गर्नुभयो ।
नेतृत्वको खुट्टा तान्ने प्रवृत्ति’
महाधिवेशनका लागि पार्टी अध्यक्ष प्रचण्डले तयार पारेको प्रतिवेदनमा ‘नेतृत्वको प्रश्न’बारे चर्चा गरिएको छ । तर, त्यसमा उत्तराधिकारीबारे केही पनि भनिएको छैन । ‘नेतृत्वको आलोचना उसलाई रुपान्तरण गर्न हुनुपर्छ, तर अन्तरध्वस गर्न होइन । हाम्रो समाज र पार्टीभित्र पनि नेतृत्वको न्युनीकरण गर्ने, अवमूल्यन गर्ने, बदनाम गर्ने, खुट्टा तान्ने संस्कृति छ ।’ दस्ताबेजमा भनिएको छ ।’
महाधिवेशन खर्च घट्यो, चन्दामा दबाव छैन
प्रवक्ता सापकोटाले महाधिवेशन खर्च ७/८ करोड अनुमान गरिए पनि २/३ करोडमा सकिने बताउनुभयो । मुख्य सचिवसहितको टोलीले आर्थिक मितव्ययिता पनाएका कारण खर्च घटेको उहाँको भनाइ छ । जवर्जस्ती चन्दा नलिएको भन्दै उहाँले भन्नुभयो-’स्वच्छिकरुपमा चन्दा लिएका छौं । तर, कसैलाई पनि दबाव दिएको छैन । एकजना व्यापारीसँग पनि जवर्जस्ती चन्दा लिएको भए यहाँ उपस्थित गराउन म चुनौती दिन चाहन्छु ।’
उद्घाटन समारोहमा प्रमुख दलका शीर्ष नेता
प्रवक्ता सापकोटाका अनुसार शनिबार हुप्राचौरमा हुने उद्घाटन समारोहमा प्रमुख दलका शीर्ष नेताहरु पनि सहभागी हुने भएका छन् । उद्घाटन समारोहमा एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेलसहितका नेता अतिथिका रुपमा सहभागी हुने भएका छन् । महाधिवेशनमा विभिन्न देशका प्रतिनिधिहरु समेत सहभागी हुने बताइएको छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger