Thursday
February 28

लौ हेर्नुहोस् सोनियासँग हमालको गजबको मस्ति (फोटो फिचरसहित)

--> //

नायक राजेश हमालले चलचित्रको पर्दामा त थुप्रै गेटअपमा अभिनय गरिसकेका छन् । तर म्यूजिक भिडियोमा भने हमालको भिन्न गेटअप कमै मात्र देखिएको छ । यसैक्रममा नायक हमाल थारु जातीले लगाउने पहिरनमा देखिएका छन् । लोकपप गायक अर्जुन कौशलको ‘भूकम्प’ एल्बममा समावेश ‘नथियावाली’ बोलको गीतमा हमालको यस्तो गेटअप देख्न सकिन्छ ।हमालसँगै नायिका सोनिया केसी पनि थारु जातीको पहिरनमा देखिएकी छिन् । यो एल्बमको शनिबार काठमाण्डौमा बिमोचन हुँदैछ ।
एल्बम तथा भिडियोको बिमोचन नायक हमालले गर्ने कार्यक्रम छ । राष्ट्रियता बोकेको एल्बममा ८ गीत समावेश छन् । एल्बममा गीत, स्वर तथा संगीत अर्जुन कौशलको नै छ । नायक राजेश हमाललाई भिडियोमा निक्कै आकर्षक देखाइएको छ ।

--> //

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger