२२ माघ, काठमाण्डौं । चौबीस घन्टे रिले अनसन टुंगिएको केही घन्टामै ‘भिजिलान्ते’ फिल्मको कार्यक्रममा पुगेकी अभिनेत्री प्रियंका कार्की फुर्तिलो देखिइन् । अनसन सक्ने वित्तिकै फिल्मकर्मीहरु आन्दोलन समितिकै व्यवस्थापनमा खाना खान जाने गर्थे । तर, प्रियांका भने सिधै घर गएकी थिइन् ।
‘भिजिलान्ते’को कार्यक्रम सकिएपछि पि्रयंका ‘खाना खान जानुपर्यो’ भन्दै हतार गरिरहेकी थिइन् । २४ घन्टासम्म अनसान बसेर पनि किन यस्तो जोशिलो भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मलाई भोक खप्ने बानी छ, आँखामा कमजोर महसुस चाँही हुन्छ । अनसन सिध्याएर घरमा जुस र अन्डा खाएकी थिएँ ।’ उनका अनुसार अनसनमा सहभागी हुन जानुअघि पनि उनले टन्न खाना खाएर गएकी थिइन् ।
रिले अनसनको दौरान अंधिकाश फिल्मकर्मीले पानीसमेत नपिउको आयोजकको दाबी छ । ‘अनसनमा बस्नेतलाई पानी पिउन दिने नियम रहेछ । हाम्रो अनसनमा चाहिँ पानी पनि अनुमति थिएन्,’ आन्दोलन आयोजक समितिका एक सदस्यले भने, ‘तर लेडिज बाथरुममा चोकोलेटका खोलहरु भ्ेटिएको कुरा अरु साथीहरुबाट सुन्नमा आयो ।’
उनका अनुसार रिले अनसनमा सहभागिता जनाउन फिल्मकर्मीबीच हानथान हुनेगथ्यो । ‘स्वास्थ्यका कारण बसुन्धरा भुषाल दिदिलाई औषधि खान पानी दिएका थियौ,’ उनले भने, ‘अनसन बस्ने बेला अभिनेत्री करिश्मा मानन्धरले राती सुत्नलाई घरबाटै फोल्डिङ खाट मगाएकी थिइन् ।’
अनसनमा बस्दा अरुबेला भन्दा बढी समय सुत्न पाएको अभिनेत्री नन्दिता केसीले बताईन् । निशा अधिकारीले भने राती चिसो र भोकले निन्द्रा नलागेको बताइन् । त्यस्तै अर्की अभिनेत्री सुरभी जैन विष्टलाई भने अनसनमा बस्दा टनसिल भयो । उनको ब्लडप्रेसर लो छ । उनी बेहोस अवस्थामा पुगेकी थिइन् नागरिक दैनिकमा खबर छ ।

0 comments:
Post a Comment