देवीलाइ खुशी पार्न आफ्नै भतिजाको बली

अहिलेको आधुनिक जमानामा तन्त्र मन्त्र भन्ने चिजमा सायद कमैले विश्वास र प्रयोग गर्ने गर्छन । तर यस्ता पनि मानिसहरु छन् जो तन्त्र मन्त्रको चक्करमा देबीलाइ खुशी पार्ने भनी मानिस कै बली चढाउन पछि सम्म पर्दैनन् । भारतको बिजनौर जिल्लामा रहेको इनायतपुर गाउमा आठ वर्षीया पीयूषको हत्या २४ अक्टोवरमा भएको थियो । लगभग तीन महिनापछि प्रहरीले हत्याराको नाम पत्ता लगाएका छन् । जुन हत्याराको नाम थाहा पाएपछि पीयूषको घरपरिवारका सदस्यहरु चकित भएका छन् । किनभने हत्यारा बाहिरी कोही नभएर पीयूषको आफ्नै काका रहेको छ । इनायतपुर निवासी होमगार्ड सहदेवको छोरा पीयुषको शव खेतमा भेटिएको थियो । पीयूषको शवमा व्लेडले छिया छिया गरी काटेको चिह्न थियो । थानाध्यक्ष शिवाला कलां प्रवीण सोलंकीका अनुसार प्रहरीले सहदेवको भाइ कमलवीरमा शंका गरेको थियो । किनकी उसले तन्त्र मन्त्र गर्ने गथ्यो । तीन महिनापछि पडतालमा त्यो पुष्टि हुदा सेहको पुल नजिकै कमलवीरलाइ पक्राउ गरिएको थियो । प्रहरीले कमलवीरलाइ पक्राउ गरेपछि उनले सबै कुरा बताएका थिए । कमलवीरका अनुसार नवरात्रीको दिनमा देवीलाइ खुशी पार्नको लागि उनले पीयूषेको बली चढाउने सोची नवरात्री अष्टमीका दिन भतीजा पीयूषलाइ फकाएर आफ्नो घर लगेका थिए । पीयुषलाइ कोठाका थुनिदिएपछि गंगाजलबाट नुहाइदिएको थियो । जब पीयूष कराउन थाल्यो उनले पीयूषको घाटी थिचेर हत्या गरिदिएका थिए । हत्यापछि पीयुषको शरीरमा ब्लेडले काटी रगत निकालेर देवीको तस्वीरमा चढाइ उनको शवलाइ उखुको खेतमा फ्याकि दिएका थिए । प्रहरीले हत्याअभियुक्त कमलवीरलाइ जेलचलान गरेको छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger