आजको पञ्चाङ्ग र राशीफल=२०६९ साल माघ २१ गते आइतबार


आज विक्रमसंवत् २०६९ साल माघ २१ गते आइतबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ फेबुवरी ०३, नेपाल संवत् ११३३, माघ कृष्णपक्ष (पोहेलागा), अष्टमी तिथि, अष्टमी व्रत, गोरखकाली पूजा, स्वाती नक्षत्र, गण्ड योग, बालब र कौलव करण, तुला राशीको चन्द्रमा।






मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । कतै छोटो दुरीको यात्रा पनि हुन सक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा बाधाअडचन उत्पन्न हुनुका साथै भनेजस्तो सफलता नमिल्न सक्छ । आफन्त वा मित्रले काममा धोका दिने सम्भावना छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु होला । पारिवारिक सुख मिल्नुका साथै जीवनसँगीबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
राम्रो समयको योग छ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । आम्दानी सामान्य भइरहला । आज आफ्ना भनाउँदासँग झगडा वा मनमुटाव होला । अरुले भन्दा बढी लगानी गर्नुपर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अति प्रतिकूल समय छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रै छ । साथीभाइसित भेटघाट हुने योग छ । अपूरा कार्य पूर्ण हुने सम्भावना बलियो छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । पढाइ लेखाइतिर ध्यान दिनु आवश्यक छ । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । व्यापार व्यवसाय त्यसमा पनि हार्डवेयरका विक्रेताका लागि विशेष लाभदायक छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय राम्रो छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरीबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अकारण वादविवादमा फस्ने, सरकारी झमेलामा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरुले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्राले भने रमाइलो गर्नेछन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
असल समय छ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवहारिक समस्याले पिरोल्न सक्छ । विवाह तथा पारिवारिक जीवनमा भने रमाइलो आउने छ । आम्दानीमा कमी आउने छैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक क्षेत्र सबल रहने छ भने स्वास्थ्य पनि राम्रो रहने छ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज सामाजिक वा सरकारी झमेलामा फँस्ने डर छ । पुख्र्यौली सम्पत्तिको लेखाजोखा मूल्याङ्कन गर्नु पर्दा मन खिन्न हुन सक्छ । आज कुनै याचकलाई खाना खुवाउँदा शत्रुमाथि विजय प्राप्त हुने दिन हो । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आज यात्राको समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खराब समय छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । सानोतिनो चोटपटक नै लाग्न सक्छ, सचेत एवं सावधान रहनु होला । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला व्यवहारिक हानी हुनेछ होस राख्नोस् ।
source:-jyotushsaathi 


0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger