एक कुकुर समलिङ्गी भएको कारणले गर्दा उसको मालिकले ती कुकुरलाइ मृत्युको मुखमा पठाइदिएको थियो । सुन्दा आश्चर्य लागेपनि यो घटना वास्तविक हो । अमेरिकन बुलडाँग नाम गरेको कुकुरको मालिकले ती कुकुर समलिङगी भएको आशंका गरी डग सेन्टरमा पठाइदिएको थियो । त्यही समयमा एक पशुप्रेमीको अपीलमा कुकुरलाइ दिन लागिएको मृत्युलाइ रद्द गरी पशुप्रेमीलाइ सो कुकुर बुझाइ दिएको थियो ।
यो घटना अमेरिकी प्रान्त टेनेसीको हो जहा डग सेल्टर होमबाट एल्टन नाम गरेका अमेरिकी बुलडाँग कुकुरलाइ लगिएको थियो । सो कुकुर समलिंगी गतिविधिमा व्यस्त रहेको र उसले घरमा गलत माहोल उत्पन्न गरेको कारण ती कुकुरलाइ उसको मालिकले शेल्टम होम पठाइदिएको थियो । मालिकका अनुसार सो कुकुर हर समयमा आवार कुकुरको अघिपछि भाग्ने र झगडा गर्ने कारणले एल्टन समलिंगी भएको आशंका गरेका थिए ।
डेली मेलका अनुसार शेल्टम होममा एल्टन जीउनलाइ सिकिरहेको थियो त्यहाको शेल्टर होमको मालिकले पनि समलिंगी भएको शंका गरेका थिए । त्यही समयमा नै एल्टनलाइ विषालु ग्याँसको च्याम्बरमा मृत्युको निर्णय गरेका थिए । एल्टनको मृत्युको खबर एक फेसबुक प्रयोग गर्नेले व्यक्त गरेपछि एल्टनको खबर सबैमा फैलिएको थियो । एल्टनको दुर्दशाबारे सबैले थाहा पाएपछि उनलाइ बचाउनका लागि लामबंद भएको थियो । एल्टनलाइ मृत्यु प्राप्त हुनै लागेको समयमा पशु प्रेमी स्टेफाइन फ्रेसले बचाएको थियो ।
स्टेफाइनले शेल्टर प्रबंधकलाइ उनले एल्टनलाइ गोद लिन इच्छुक भएको बताएका थिए । स्टेफाइनले पहिले पनि चार वटा कुकुर पालिसकेको र अब एल्टनलाइ नया जिन्दगी मिल्ने भएको छ । एल्टन समलिंगी नभएको स्टेफाइनको विश्वास रहेको छ । वास्तवमा प्रभुत्व जमानामा कुकुरहरु एकअर्कासंग झगडा गर्ने भएकाले मानिसहरु त्यस्ता कुकुरलाइ समलिंगी भएको आशंका गर्ने गर्छन् ।

0 comments:
Post a Comment