भक्तपुरमा विभत्स हत्या

भक्तपुर, माघ २० - सिरुटार- ८ का ४२ वर्षीय रामेश्वर राउतको विभत्स हत्या भएको छ ।
दधिकोट- ६ स्थित चित्रपुर फाँटमा उनको हत्या गरी आगो लगाएर ढलमा फ्यालेको अवस्थामा शनिबार शव फेला परेको हो । उनकी छोरी लक्ष्मीको सोमबार विवाह तय भएको थियो । घटनास्थल नजिकै बा ३८ प ५२५९ निलो पल्सर मोटरसाइकल, छोरीको विवाह कार्ड, कालो ज्याकेट, पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले दिएको १ लाख रुपैयाँको चेक र नगद ६ हजार ८ सय ९० रुपैयाँ थियो ।

घटनास्थलमा अन्न क्यासिनोको बिजनेस प्रमोटर देखिएको कार्ड पनि फेला परेको छ । भक्तपुर प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger