भारतमा आज बिहानै अफजल गुरुलाई फाँसी दिइयो


आज विहानै भारतको दिल्लीस्थित तिहाड जेलमा अफजल गुरुलाई फाँसी दिइएको छ ।

सन् २००१ मा भारतको संसदमा हमला गर्ने मध्येका एक अफजलाई फाँसी दिइएको भारतीय गृहमन्त्रालयले पुष्टी गरेको छ । उक्त संसदमा भएको आतंकवादी हमलामा उनको भूमिका रहेको पुष्टी भएपछि मृत्युदण्ड दिइएको हो ।

उनको मृत्युदण्ड रोक्नको लागि केही समयअघि राष्ट्रपति प्रणव मुखर्जीसामु निवेदन पेश गरेको थियो । तर राष्ट्रपतिले त्यसलाई अस्वीकार गरेको जानकारी गृह मन्त्रालयलाई गराएका थिए ।

सन् २००४ मा नै अफजललाई मृत्युदण्डको घोषणा सुनाइएको थियो भने २००६ मा उनलाई झुण्डाइने तय भएको थियो । उनकी पत्नीले मृत्युदण्ड रोक्न निवेदन दिएपछि अफजलको फाँसी पनि रोकिएको थियो ।
सन् २००१ डिसेम्बरमा पाँच हतियारधारी आर्तकवादीले भारतीय संसद परिसरभित्र गोली प्रहार गरेका थिए । जसमा ९ जनाको मृत्यु समेत भएको थियो ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger