चौतारा, २३ माघ :
अञ्चल प्रहरी कार्यालय वाग्मतीका प्रमुख एसएसपी रमेश खरेलले अरनिको राजमार्ग हुँदै अवैध धन्दा पुर्णरुपमा नियन्त्रण गर्ने बताएका छन् । अञ्चल प्रहरी कार्यालय वाग्मती आएपछि पहिलो पटक सिन्धुपाल्चोकमा गएका खरेलले चौतारामा भएको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
तस्करी नियन्त्रण गर्न आफुहरु खुट्टा नकमाउने प्रतिबद्धता व्यक्त गर्दै खरेलले अब तस्करहरुमाथि सिधै एक्सन लिने बताए ।
खरेलले आफ्नो कार्यकालमा तस्करहरु प्रहरी देख्दै भाग्ने अवस्थाको सिर्जना गर्ने दावीसमेत गरे । उनले अपराधतन्त्र नियन्त्रण गर्न कसैले अवरोध सिर्जना गर्छ भने त्यसलाई नोछोड्न प्रहरीहरुलाई निर्देशन समेत दिए । बर्दी लगाएको प्रहरीले पनि नराम्रो काम गर्छ भने उनीहरुलाई पनि नछाड्ने खरेलले प्रतिबद्धता जनाए । देशमा अहिले व्यापक रुपमा दण्डहिनता बढीरहेकोमा चिन्ता व्यक्त गर्दै खरेलले आफुले सिन्धुपाल्चोकबाट दण्डहिनताको अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । देशमा अहिले पत्रकारहरु असुरक्षित भइरहेकोप्रति संकेत गर्दै खरेलले पत्रकारहरुको सुरक्षाको लागि आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले अरनिको राजमार्ग हँुदै भइरहेको तस्करीका बारेमा एसएसपी खरेलसँग गुनासो गरेका थिए । कार्यक्रममा पुर्व सासद सुभाष कर्माचार्यले अरनिको राजमार्ग चन्दन लगायत अन्य तस्करीका कारण असुरक्षित हँुदै गएको बताएका थिए ।

0 comments:
Post a Comment