--> मोहन बस्याल/उज्यालो । चितवन, जेठ २ - भरतपुर बस्दै आएका ३० वर्षिय एक युवाले आफ्नो लिंग काटेका छन् । लमजुङ घर भइ भरतपुर १२ मा बस्दै आएका लोकमान गुरुङले आफ्नो लिंग आफैंले काट्नु भएको हो ।
-->
चक्कुले लिंग छिनाएका गुरुङ उपचारका लागि आफैं भरतपुर अस्पताल पुग्नु भएको थियो ।
लिंग पुरै छिनेको र र एउटा अण्डकोष समेत निस्किएको अवस्थामा घाईते अस्पताल आइपुगेको भरतपुर अस्पतालले जनाएको छ । उहाँले मानसिक तनावका कारण लिंग काटेको बताएको अस्पतालको भनाई छ ।
गगग गुरुङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ ।
गुरुङको लिंगको पिसाव फेर्ने भाग पुरै काटिएको अवस्था रहेकोले शल्यक्रिया गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् ।
-->
0 comments:
Post a Comment