इमेलबाट विभिन्न फाइल अट्याच गरेर तस्वीर, भिडियो तथा अन्य इलेक्ट्रोनिक फाइल पठाउने गरिएको छ । तर अब इमेलबाट फाइलमात्र होइन पैसा पनि पठाउन सकिनेछ । गुगलले आफ्नो इमेल सेवा जिमेलका माध्यमबाट पैसा समेत पठाउन सकिने सेवा सुरु गर्ने बताएको छ ।
> सुरुमा यो सेवा अमेरिकामा लागु गरिने गुगलको भनाइ छ । जिमेलमा यो सेवाको प्रयोग गुगल वालेटका साथ गरिनेछ । यसका लागि वालेटलाई प्रयोगकर्ताको बैंक अकाउण्टसँग लिंक गरिनेछ । प्रयोगकर्ताले चाहेमा आफ्नो जिमेल अकाउण्टलाई आफ्नो डेबिट तथा क्रेडिट कार्डसँग पनि जोड्न सक्नेछन् । यस्तो अवस्थामा हरेक चोटी पैसा आदानप्रदान गर्दा त्यसको झण्डै ३ प्रतिशत शुल्क लाग्नेछ ।
अब छिटै यो सेवा अमेरिकी जिमेल प्रयोगकर्ताहरुको लागि उपलब्ध गराइनेछ । १८ वर्ष उमेर पुगेकाहरुले यो सेवा प्रयोग गर्न पाउनेछन् । यदि पैसा प्राप्त गर्नु छ भने आफ्नो अकाउण्टमा यो फिचर एक्टिभेट गर्नुपर्नेछ । स्मरण रहोस् यसअघि पनि केही वेबसाइटहरुले यस्तो अनलाईन रकमआदानप्रदानको सेवा प्रदान गरेका भएपनि त्यो लोकपि्रय बन्ने सकेन । तर जिमेलका प्रयोगकर्ता धेरै भएकाले जिमेलले यस्तो सेवा सुरु गरेमा त्यो सफल हुने विश्वास गरिएको छ ।
कसरी पठाउने पैसा ? यो भिडियो हेर्नुहोस
![]() |
के हो गुगल वालेट ?
गुगल वालेटको फिचर जिमेल एकाउण्टमा हुन्छ । कतिपय मुलुकमा यो फिचरमा आफ्नो क्रेडिट कार्ड वा डेबिट कार्डको विस्तृत विवरण हाल्न सकिन्छ र एप्स तथा गुगल स्टोरबाट केही प्रडक्ट खरीद गर्नुपर्दार् गुगल वालेटमा दर्ज गरिएको कार्ड नम्बरवाला अकाउण्टबाटै रकम भुक्तान हुन्छ ।


0 comments:
Post a Comment