विक्रमसंवत् २०७० साल ज्येष्ठ ०७ गते मङ्गलबार,
ईश्वीसन् २०१३ मे २१, नेपाल संवत् ११३३,
आज मोहिनी एकादशी व्रत,
वैशाख शुक्लपक्ष (वछलाथ्व), एकादशी तिथि, मध्याह्नपछि ५ बजेर २८ मिनेटसम्म, त्यसपछि द्वादशी तिथि,

--> चन्द्रमा कन्या राशीमा,ईश्वीसन् २०१३ मे २१, नेपाल संवत् ११३३,
आज मोहिनी एकादशी व्रत,
वैशाख शुक्लपक्ष (वछलाथ्व), एकादशी तिथि, मध्याह्नपछि ५ बजेर २८ मिनेटसम्म, त्यसपछि द्वादशी तिथि,

हस्ता नक्षत्र मध्यरात्रीपछि २ बजेर १७ मिनेटसम्म, त्यसपछि चित्रा नक्षत्र,
वज्र योग दिउँसो ९ बजेर ३७ मिनेटसम्म, त्यसपछि सिद्धि योग,
दिनको पूर्वार्द्धमा विष्टि (भद्रा) र उत्तरार्द्धमा बब करण,
राहुकाल मध्याह्न ३ बजेर १६ मिनेटदेखि मध्याह्नपछि ४ बजेर ५८ मिनेटसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा बाधाअडचन उत्पन्न हुनुका साथै भनेजस्तो सफलता नमिल्न सक्छ । आफन्त वा मित्रले काममा धोका दिने सम्भावना छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु होला । पारिवारिक सुख मिल्नुका साथै जीवनसँगीबाट सहयोग प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राम्रो समयको योग छ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । आम्दानी सामान्य भइरहला । आज आफ्ना भनाउँदासँग झगडा वा मनमुटाव होला । अरुले भन्दा बढी लगानी गर्नुपर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अति प्रतिकूल समय छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रै छ । साथीभाइसित भेटघाट हुने योग छ । अपूरा कार्य पूर्ण हुने सम्भावना बलियो छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । पढाइ लेखाइतिर ध्यान दिनु आवश्यक छ । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । व्यापार व्यवसाय त्यसमा पनि हार्डवेयरका विक्रेताका लागि विशेष लाभदायक छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय राम्रो छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरीबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज अकारण वादविवादमा फस्ने, सरकारी झमेलामा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरुले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्राले भने रमाइलो गर्नेछन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
असल समय छ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवहारिक समस्याले पिरोल्न सक्छ । विवाह तथा पारिवारिक जीवनमा भने रमाइलो आउने छ । आम्दानीमा कमी आउने छैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक क्षेत्र सबल रहने छ भने स्वास्थ्य पनि राम्रो रहने छ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज सामाजिक वा सरकारी झमेलामा फँस्ने डर छ । पुख्र्यौली सम्पत्तिको लेखाजोखा मूल्याङ्कन गर्नु पर्दा मन खिन्न हुन सक्छ । आज कुनै याचकलाई खाना खुवाउँदा शत्रुमाथि विजय प्राप्त हुने दिन हो । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आज यात्राको समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खराब समय छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । सानोतिनो चोटपटक नै लाग्न सक्छ, सचेत एवं सावधान रहनु होला । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला व्यवहारिक हानी हुनेछ होस राख्नोस् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । कतै छोटो दुरीको यात्रा पनि हुन सक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ ।
0 comments:
Post a Comment