पोखरा, कार्तिक १ - सरकारी निकायबाट बेवास्ता भएपछि चापाकोटका बासिन्दाले लाखौं चन्दा संकलन गरी पक्की पुल बनाएका छन् । फेवातालको मुख्य स्रोत हर्पनखोलामा पुल नहुँदा सास्ती खेप्नु परेपछि स्थानीयले चन्दा संकलन र श्रमदान गरी पुल निर्माण गरेका हुन् । मोटरेबल मात्रै नभई झोलुंगे पुलसमेत बनाउन भौगोलिक अवस्थाले नमिलेको भन्दै सरकारी निकाय पन्छिएपछि स्थानीय आफैं कस्सिएका हुन् । चापाकोट ६ र कास्कीकोट ९ जोड्ने बाम्दी-लौरुप (हर्पन खोला) पुल निर्माण समिति सचिव पशुपति पराजुलीले ९ लाख ६५ हजार खर्चिएर मानिस हिँड्न मिल्ने पक्की पुल बनाइएको बताए ।
चापाकोटका ६ सय परिवारबाट न्यूनतम ५० देखि ५७ हजार ७ सयसम्म चन्दा संकलन गरिएको र थुप्रै गाउँलेले श्रमदानसमेत गरेको पराजुलीले बताए । खोलामा ११ वटा पिलर बनाएर ७८ मिटर लम्बाइ र साढे ५ फुट चौडाइको पक्की पुल (ढलान) गरिएको छ । 'गाउँलेको प्रयासको सराहना गर्दै जिविसले एक लाख र गाविसले ८५ हजार सहयोग दिए,' पराजुलीले भने, 'रकम अभावमा पुलमा रेलिङ बनाउन नसकेर त्यत्तिकै छाडेका छौं ।' पुलबाट मोटरसाइकल सहजै गुडाउन मिल्छ ।
पुल नहुँदा स्थानीयवासी खोला तरेर वारपार गर्दै आएका थिए । सबैभन्दा बढी मार विद्यार्थीले खेप्दै आएका थिए । बजार, गाविस कार्यालय, स्वास्थ्य चौकीमा जान पनि स्थानीयले सास्ती खेप्दै आएका थिए । 'खोला तर्ने क्रममा भिज्ने भएकाले दुई जोर कपडा लिएर हिँड्नुपथ्र्यो,' स्थानीय रनबहादुर रानाले भने, 'सास्ती खेप्न नसकेर चन्दा संकलन गरी पुल बनाएका हौं ।' पुल अभावमा ७ वर्षअघि श्राद्ध गर्न गाउँमा आएका एक पण्डितलाई खोलाले बगाएर मृत्यु भएको थियो ।
स्थानीय महिला अगुवा पार्वती अधिकारीले स्वस्फूर्त रूपमा गाउँलेले पुल बनाएपछि आवतजावतमा सहज भएको बताइन् । 'सबै जनता एकजुट भए जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने यो उदाहरण बनेको छ,' अधिकारीले भनिन्, 'सबैभन्दा सजिलो महिला र बालबालिकालाई भएको छ ।' केही वर्षअघि ककहरेमा बनाइएको झोलुंगे पुल अहिले प्रयोगविहीनजस्तै भएको स्थानीयले बताए । अपायक पर्ने भएकाले स्थानीय खोला तर्दै आएका थिए ।
-Source

0 comments:
Post a Comment