‘चातुर्दिक’ शब्द सुनेर भाषाविद नै रनभूल्ल
काठमाडौं, कात्तिक २ – एकीकृत नेकपा माओवादीले बेलाबेला नयाँ र नौला शब्द प्रयोग गर्ने गर्छ । यसपटक चुनावी प्रतिबद्धतापत्र अर्थात घोषणापत्रमा पनि एउटा यस्तै शब्द छ ।
प्रचण्डलाई विशेषणको रुपमा प्रयोग भएको यो शब्द अहिलेसम्म नेपाली भाषामा कतै प्रयोग र चलनचल्तीमा छैन । नेपाली बृहत् शब्दकोषमा पनि यो शब्दको अर्थ भेटिँदैन । कसैले अहिलेसम्म नसुनेको र प्रयोग नगरेको, तर एमाओवादीले ल्याएको त्यो शब्द हो, ‘चातुर्दिक’ ।
‘पार्टी अध्यक्ष क. प्रचण्डको चातुर्दिक क्षमताले उहाँलाई पार्टीको मात्र नभएर देशकै निर्विवाद नेताको स्थानमा स्थापित गरेको छ ।
अध्यक्ष क. प्रचण्डको वरिपरि उत्तिकै सक्षम र स्थापित नेताहरुको केन्द्रीकरणले समकालिन नेपाली राजनीतिमा एकीकृत नेकपा (माओवादी) अरुभन्दा कोशौं अगाडि छ’ एमाओवादीले आफ्ना अध्यक्ष नै देशको सक्षम नेता भन्दै घोषणापत्रमा यस्तो उल्लेख गरेको छ ।
चातुर्य, चलाख, कुशल या यस्तै अरु कुनै क्षमताको अर्थ दिनेगरी प्रयोग भएको यो शब्द नेपाली बृहत् शब्दकोषमा छैन । चातुरी, चातुर्थिक, चातुर्य...यस्तै शब्द मात्र छ शब्दकोषमा ।
‘यो शब्द सुनेर म आफैँ रनभुल्लमा छु’ साहित्यकार खगेन्द्र संग्रौलाले उज्यालो अनलाइनसित भन्नुभयो, ‘अहिलेसम्म चलनचल्तीमै नरहेको यो शब्द कुन पण्डितले राख्यो कुन्नि, मलाई त अचम्म लागेको छ ।’
बहुआयामिक व्यक्तित्व र प्रतिभा भन्ने अर्थले शब्द प्रयोग गर्न खोजिएपनि भाषाको हिसाबले यो नमिल्ने उहाँको भनाई छ । ‘भाषाको विद्यार्थीको हिसाबले म त अलमलमा परें भने सामान्य नागरिकले के बुझ्लान्’ संग्रौलाले भन्नुभयो ।
भाषा र साहित्य क्षेत्रमा कलम चलाउने हरिविनोद अधिकारी पनि यसै भन्नुहुन्छ । ‘चौतर्फी या चातुर्य भन्ने हिसाबले यो शब्द राखेको हुन सक्छ, तर यसको अर्थ हुँदैन । अर्थ नभएको शब्द राख्दा मान्छेले बुझ्दैन’ अधिकारीले भन्नुभयो ।

0 comments:
Post a Comment