Monday
October 7

सुत्केरी हुन जापानी महिला कास्कीको चापाकोटमा

उनी जापानमा बस्छिन्। जापानी नागरिक हुन्। त्यहाँ सुत्केरी हुन गुणस्तरीय सेवा नहुने कुरै भएन। तर, हिरोमी ताकाहासी भने सुत्केरी हुनकै लागि कास्की चापाकोटको उपस्वास्थ्यचौकी आएको समाचार कान्तिपुरमा छापिएको छ। गत भदौ २४ गते चौकीका अनमीद्वय कमला
थापा र सरस्वती रानाले ताकाहासीको सुरक्षित सुत्केरी गराए। छोरी जन्मिन्।
कमला दिदीको अनुभव, क्षमता र ज्ञानबाट प्रभावित भएर जापानको सुविधा छाडेर सुत्केरी हुनका लागिमात्र आएँ, ताकाहासीले भनिन्, यहीँ सुत्केरी हुने इच्छा पूरा भएकामा खुसी छु।
४ वर्षअघि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग, जाइकाको स्वयंसेविका भएर आएका बेला स्वास्थ्यकर्मीसँग घनिष्ठता बढेको र सेवाप्रतिको इमानदारीले प्रभावित भएको उनले बताइन्।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger