नेपालकै एकमात्र जलाशययुत्त आयोजना कुलेखानी जलविद्युतको जलाशय भरिने निश्चित भएपछि आगामी हिँउदमा लोडसेडिङ हटाउन राहत मिलेको छ।आगामी हिउँदमा दैनिक १९ घन्टासम्म लोडसेडिङ हुने भयावह अवस्थाको प्रक्षेपण गरेको नेपाल विद्युत पा्रधिकरणलाई इन्द्र सरोवर भरिनाले लोडसेडिङ घटाउनका लागि राहत मिलेको आजको राजधानीमा खबर छ।
गत वर्षको हिउँदमा १ सय ८० मेगावट विद्युत भारतबाट आयात गरेको प्राधिकरणले यसवर्ष ७० मेगावट थप्न नसके र कुलेखानी जलाशय नभरिए १९ घन्टा लोडसेडिङ हुने प्रक्ष्येपण गरेको थियो।
१५ सय ३० मिटर क्षमताको कुलेखानीको इन्द्रसरोवर भ रिन अब ६० सेन्टीमीटर मात्र बाँकी छ। कुलेखानी भरिएपछि आगामी हिउँदमा सर्वसाधारणले दैनिक ५ घन्टा मात्र विजुली देख्न पाउने बाध्यातात्मक अवस्थाको अन्त्य भएको छ।

0 comments:
Post a Comment