Saturday
December 15

मैले विमानस्थल सुरक्षा जिम्मा भारतलाई दिएको हैनः रावल


३० मंसिर, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री भीम रावलले आप्नो पालामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत नेपालका सबै अध्यागमन कार्यालयको सुरक्षा जिम्मा भारतलाई दिने प्रक्रिया सुरु नभएको दावी गर्नु भएको छ ।
शनिबार प्रेस विज्ञप्ति जारी गरी पूर्वमन्त्री रावलले आफू पदमा भएका बेला भएको भारत भ्रमणका क्रममा भारतीय पक्षले नेपालको त्रिभुवन विमानस्थल असुरक्षित रहेकाले ‘एयर मार्सल’ राख्न प्रस्ताव गर्दा आफूले भारतले भनेजस्तो असुरक्षा नभए पनि आवश्यक सुधारका लागि उपकरण र प्रविधि दिएर सहयोग गर्नुस् भनेको बताउनु भयो । वर्तमान सरकारले त्यस प्रकारको जिम्मेवारी भारतीय पक्षलाई दिने तयारी गरेको र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका पालामा प्रक्रिया अघि बढेको भन्ने समाचार प्रकाशित भएकामा नेता रावलले आपत्ति जनाउनुभयो ।
भारतीय आग्रहका आधारमा दुवै देशको संयुक्त टोलीले विमानस्थलको आवश्यकताको अध्ययन तथा मूल्याङ्कनसम्बन्धी प्रतिवेदन तयार भएपछि उपकरण माग्न स्वीकृति दिइएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सबै अध्यागमन कार्यालयको व्यवस्थापन भारतलाई दिने कुरा त्यसबेला नभएको रावलले स्पष्ट गर्नुभयो । विज्ञप्तीमा भनिएको छ-’यो कामचलाउ सरकारले अरुलाई देखाएर स्वेच्छाचारी ढङ्गले निर्णय गर्ने कार्य बन्द गरोस् र राष्ट्रिय सुरक्षाका विषयमा सबै प्रमुख राजनीतिक दलहरूको परामर्श र सहमतिबिना कुनै निर्णय नगरोस् भनी जोडदार माग गर्दछु ।”
आफूले विमानस्थललाई आधुनिक र स्रोतसाधन सम्पन्न बनाउन भारतसँग सहयोग लिन खोजेको विषयलाई वर्तमान सरकारले स्वार्थका लागि राष्ट्रिय स्वाधीनतालाई समेत बेवास्ता गरेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । त्यसबेला गरिएको अध्ययन प्रतिवेदनबारे व्यवस्थापिका-संसद्लाई जानकारी गराउने सोच बनाएको भएपनि सरकार हटेको त्यो सम्भव नभएको पनि नेता रावलले जनाउनुभयो

कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger