४ माघ, काठमाडौ । गत पौष गते चलचित्र विकाश वार्डमा लगाइएको ताला हिजो प्रहरीले फोडेपछि आक्रोस भएका चलचित्रकर्मी आज पुन विकाश वोर्डमा ताला लगाउने क्रममा चलचित्रकर्मी र प्रहरीविच झडप भएको छ । प्रहरीले बोर्डको ढोकामा ताला नलगाउन आग्रह गर्दागर्दै चलचित्रकर्मीले ताला लगायपछि प्रहरी हस्तक्षेप भएको हो । हस्तक्षेपको क्रममा प्रहरीले करीव ४ दर्जन चलचित्रकर्मीलाइ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नायिका करिष्मा मानन्धर, अभिनेत्री बसुन्धरा भुषाल,मौसमी मल्ल, ऋचा सिंह ठकुरी, लक्ष्मी गिरी, पूजना स्त्री, सुमिना घिमिरे, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइ,कलाकार संघका अध्यक्ष नवल खड्का, निर्देशक सुरेश दर्पण पोखरेल, द्धन्दकलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, श्याम भट्टराई, एमएस अग्रज, बिमल पौडेल अदि रहेका छन । त्यस्तै गरेर चलचित्र पत्रकार विजय आवाज र अनुप भट्टराई पनि पक्राउ परेका छन ।
पक्राउ परेका चलचित्रकर्मी तथा पत्रकारहरुलाइ प्रहरी प्रभाग गौसालामा राखिएको छ । रिले अनशनमा बसेका निर्देशकहरु सुरेश दर्पण पोख्रेल, सुवास गजुरेल र कुमार सिलवाल, बरिष्ठ कलाकार लक्ष्मी गिरी, नायक मुकेश ढकाल, र नायिका ऋचासिंह ठकुरीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।प्रहरीसँगको झडपमा कलाकार प्रदीप सिंहको मुटुमा समस्या आएको छ ।
उनलाई प्रहरीले आफ्नै भ्यानमा हालेर सिनामंगल स्थित काठमान्डौ मेडिकल कलेज उपचारका लागि पुर्याएको छ ।
0 comments:
Post a Comment