विद्यालय शान्ति क्षेत्रबारे शीर्ष नेताहरुको प्रतिबद्धता लिन विहीवार कोइराला निवास महाराजगञ्ज पुगेको शिक्षा पत्रकार समूहको प्रतिनिधिमण्डलले वुझाइएको ज्ञापन पत्र बुझ्दै कोइरालाले पत्रकार डेकेन्द्रराज थापाका हत्याका अभियुक्तहरुलाई कारबाही रोक्न लगाएकाले निष्पक्ष छानविन हुनु पर्ने र दोषीलाई कारबाहीको माग गर्दै दैलेखी जनता थप आक्रोशित भएको वताउनुभयो ।
कोइरालाले प्रधानमन्त्री भट्टराईकै कारण दलहरुवीच सहमति जुट्न नसकेको वताउनुभयो । भेटमा कोइरालाले मुलुकमा समग्ररुपमा शान्ति स्थापना नभएसम्म शिक्षा क्षेत्रमा मात्रै शान्ति छाउन नसक्ने उल्लेख गर्नुभयो । मुलुकमा स्थायी शान्ति, सुशासन र लोकतान्त्रिक शासन पद्धति नबसेसम्म शिक्षा क्षेत्रको अराजकता अन्त्य नहुने बताउनुभएको छ ।
उहाँले नेपाली काँग्रेसका तर्फबाट विद्यालय शान्ति क्षेत्रको अवधाणाप्रति लिखित प्रतिबद्धता जनाउँदै विद्यार्थीहरुले आफ्नो अधिकारका लागि सङ्घर्ष गर्न सक्ने तर त्यसमा राजनीतिक हस्तक्षेप तथा पठनपाठनमा अवरोध हुन नहुने उल्लेख गर्नुभयो । ज्ञापनपत्र बुझाउन शिक्षा पत्रकार समूहका अध्यक्ष प्रकाश सिलवाल, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका पूर्वअध्यक्ष कृष्ण सुवेदी, सेभ द चिल्ड्रेनका प्रतिनिधि गोमा क्षेत्रीलगायतका कोइराला निवास महाराजगञ्ज पुगेका थिए

0 comments:
Post a Comment