तीनवटा पुच्छर भएको बाच्छी हेर्नेको घुँइचो

माघ १ - इलामस्थित चमैता–३ की कृषक मुनादेवी बस्नेतले पालेको गाईले एकसाता अघि अनौठो खालको बाच्छी जन्माएपछि हेर्नेको भीड लागेको छ ।
बस्नेतले पालेको गाईले तीनवटा पुच्छर भएको बाच्छी जन्माएपछि लक्ष्मीको अवतार भएको भन्दै स्थानीयवासीले भेटीसहित दर्शन गर्न आउने गरेका छन् ।
यस अघि सामान्य खालका बाच्छाबाच्छी जन्माएपनि तेस्रो बेतमा तीन पुच्छर भएको बाच्छी जन्माएको उहाँले बताउनुभयो ।
दैनिक पाँचदेखि ५० रूपैयाँसम्म भेटी राखेर हेर्ने आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गरेको र अहिलेसम्म ५०० भन्दा बढी मानिस हेरेर गएको उहाँले बताउनुभयो । उक्त बाच्छी अहिलेसम्म स्वस्थ रहेको बताइएको छ ।

डाउनलोड गर्नुहोस हाम्रो फेसबुक फ्यान पेज लाइक गरी ताजा समाचार आफ्नो वालमा पाउनुहोस्

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger