Sunday
May 19

राहदानी बोकेर को को कलाकार जाने भए विदेश ?"

राहदानी बोकेर को को कलाकार जाने भए विदेश ?

संचारकर्मी डब्बु क्षेत्रीको निर्देशनमा चलचित्र ‘राहदानी’ को निर्माण हुने भएको छ । लक्ष्मीप्रसाद ढकालको प्रस्तुतीमा निर्माण हुन लागेको यो सिनेमाको आइतबार काठमाण्डौको कमलादी स्थित गणेश मन्दिरमा पुजा गरी शुभमुहुर्त गरिएको छ । चलचित्रको छायांकन जेठ ७ गतेबाट सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको छायांकन बर्दिबास, लालगढ, काठमाण्डौ र मलेशियामा हुने छ ।rahadani-muhurta-main

राहदानी बोकेर को को कलाकार जाने भए विदेश ?

चलचित्रमा अशोक रिजाल, बिनिता घिमिरे, रुपा खनाल, सृजना सुब्बा, मोनिका दाहाल, दिनेश दुलाल, विधा कार्की, लक्ष्मण बिक्रम बस्नेत, अस्मिता बस्नेत, केशब घिमिरे, रजेन्द्र केसीका साथ विशेष भूमिकामा दयाहाङ राइको अभिनय रहनेछ ।चलचित्रमा चेतन सापकोटा, बसन्त सापकोटा, जुगल डंगोलको संगीत, राजु शाहको नृत्य निर्देशन, अञ्जय खड्काको सम्पादन, रामशरण उप्रेतीको छायांकन रहनेछ । सिनेमनबल इन्टरप्राइजेजको दोश्रो प्रस्तुतीको रुपमा तयार हुन लागेको यो सिनेमाको लेखन पनि निर्देशक क्षेत्रीले नै गरेका हुन् । कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डीसी पनि उपस्थित थिए ।लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका डब्बु क्षेत्री ‘राहादानी’ मार्फत नै निर्देशकको रुपमा सिने नगरीमा आउन लागेका हुन् ।

भिडियो हेर्न तलको बक्समा किल्क गर्नुहोस

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger