Sunday
May 19

सगरमाथा बाट फर्किनेक्रममा एक आरोही को ज्यान गयो

जेठ ६-सगरमाथा को आरोहण गरेर फर्किने क्रममा खोटांगका एक आरोही को ज्यान गएको छ ! सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा राखाबाङ्देल–५ घर भइ हाल काठमाडौको जोरपाटीमा बस्दै आएका नांगेल शेर्पाको ज्यान गएको हो ।
७ हजार ९ सय मिटरको उचाइमा रहेको सगरमाथाको क्याम्प ‘थ्री’बाट क्याम्प ‘टु’मा झर्नेक्रममा एक्कासी ‘मुटु दुख्यो’ भन्दै बेहोस भएका शेर्पाको घट्नास्थलमै ज्यान गएको माउन्टेन कन्सल्ट ट्रेकिङ एण्ड एक्स्पिटिसन प्रालिका दुर्गा थापाले जानकारी दिनुभयो ।
दशौं पटक सगरमाथा आरोहण गरेका शेर्पा फ्रेन्ड सेभ द हिमालयनका अध्यक्ष, माउन्टेन कन्सल्ट ट्रेकिङ एण्ड एक्स्पिटिसन प्रालिका प्रबन्ध निर्देशक तथा नेचर युथ क्लवका अध्यक्ष हुनुहुन्थ्यो ।
आरोही शेर्पा तीन सदस्यीय टोलीसहित सगरमाथा आरोहणका लागि जानुभएको थियो ।
भिडियो हेन चाहनु हुन्छ भने यहाँ तल क्लिक गर्नुहला 
-->

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger