भनिन्छ, फोहोरभित्रै नपसी फोहोर सफा पार्न सकिँदैन । यसैले होला कोही कलाकारहरु राजनीतिको फोहोर सफा गर्न भन्दै राजनीतिक पार्टीभित्र प्रवेश गर्न थालेका छन् । तर, सिनेनायक राजेश हमालचाहिँ आइतबार वागमती नदीको फोहोर सफा गर्न भन्दै अन्य सहकर्मीहरुसँगै दुर्गन्धित नदीमा प्रवेश गरे ।नेपाली सिनेमाका कलाकारहरु आइतबारबाट बागमती सफाइ अभियानमा सक्रिय रुपमा लागेका हुन् । आइतबार बिहान महानायक राजेश हमाल बागमती सफाइका लागि माक्स र पन्जा लगाएर बाग्मतीमा पसेका हुन् । नायक हमालले बाग्मतीको फोहोर टिप्दै गर्दा उनलाई दर्शकले समेत साथ दिएका थिए ।
बाग्मती सफाइको पवित्र उद्देश्य लिएर शनिबार फुटबल खेलेका कलाकारहरु आइतबार सफाइमा लागेर सबैलाई नयाँ सन्देश दिएका छन् । काठमाण्डौको पशुपतिनाथ देखि सिनामंगल क्षेत्रसम्म कलाकारहरुले बाग्मतीको सफाइ गरेका हुन् ।
बाग्मती सफाइ अभियानमा नायक हमालका साथै चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्का, विज्ञापन एजेन्सी आनका अध्यक्ष राजकुमार भट्टराई, गायक बद्री पंगेनी, नायिका सौजन्य सुब्बा, पूजना प्रधान, पूर्व मिस नेपाल उषा खड्गी लगायतका सेलिब्रेटीहरु सहभागी थिए । कलाकारहरुले जनताका घर-घरमा पुगेर बागमती सफा राख्न आग्रह समेत गरे ।
यसअघि काठमाण्डौको सडक सफाइ गर्न कुचो लिएर रत्नपार्कको शान्तीवाटिका पुगेका कलाकारहरुले आइतबार बागमतीको फोहोर सफाइ गरेका हुन् ।
Sunday
May 19
May 19
दल बल सहित बागमतीमा पसे राजेश हमाल ( फोटो सहित )

Posted by
Unknown
Posted on Sunday, May 19, 2013 |
1:37 AM
With No comments
Join Me On: Facebook | Twitter | Google Plus :: Thank you for visiting ! ::
0 comments:
Post a Comment